Logo

Student Corner

माहामारिमा विद्यार्थीको व्यथा

Written by: Ansel Dhungana - 22018, Grade XII

Posted on: 10 November, 2021

म बिउँझिएँ,
उठेँ,
खाएँ,
कोठामा फर्किएर कक्षामा बसेँ,
कक्षा सिद्दियो खेल खेलेँ,
सुतेँ ।
११ मा पढ्न थालेदेखि दिन यसरी नै सिद्धिए,
डेढ वर्ष कैले बित्यो थाहा भएन,
साथीहरूसँग कलेजमा लिन मिल्ने मजा लिन पाइनँ,
कैले बत्ती गयो, कहिले इन्टरनेट गयो, राम्ररी पढ्न पाइनँ,
अल्छी लाग्यो, कोठामा एक्लै भएर साथीसँग कुरा गर्न पाइनँ,
कक्षामै बसेर पढ्न धेरै मजा आउँछ,
तर घरमै पढ्दा बढी सुत्न पाइन्छ ।