Logo

Student Corner

आमा

Written by: Prabal Dawadi - 29020, Grade V

Posted on: 10 November, 2021

माया र ममताकी खानी हुन् आमा 
उनैले नै जन्माइन् यस संंसारमा

पढ्न लेख्न सिकाइन् गुरु बनेर 
हिँड्न बोल्न सिकाइन साथी बनेर
 
निस्वार्थ हुन्छ आमाले हामीलाई गर्ने माया 
हामीलाई साथ दिन्छिन् बनेर सधैँं छाया

हामीलाई  दुःख पर्दा उनी निराश हुन्छिन् 
हाम्राे प्रगति सुन्दा उनी दंग पर्छिन् 

हामीलाई सधैँं साथ दिने हुन् हाम्री आमा 
दयाकी खानी र असल साथी हुन् हाम्री आमा