Logo

Student Corner

पानी

Written by: Advik Man Nemkul - 31034, Grade III

Posted on: 10 November, 2021

पानी हामी सबैलाई चाहिन्छ । पानी हामी सबैले पिउँछौँ । पानीविना हामी बाँच्न सक्दैनौँ । हामी हात धुन, नुहाउन, खुट्टा धुन, खाना पकाउन,  सफा गर्न पानीको प्रयोग गर्छौँ । गर्मी महिनामा हामीलाई धेरै पानी चाहिन्छ । गर्मी महिनामा हामी पौडी पनि खेल्छौँ । माछा पनि पानीमा बस्छ ।  रुख बिरुवालाई पनि पानी चाहिन्छ । पानीविना कोही पनि बाँच्न सक्दैन । त्यसैले पानी जथाभाबी खेर फाल्नु हुँदैन पानीको सदुपयोग गर्नुपर्छ । कुनै पनि काम गर्दा धेरै पानी धेरै खर्च गर्ने गर्नु हुँदैन । हामीले सफा पानी धेरै खानुपर्छ ।