Logo

Student Corner

शिक्षामा आधुनिक प्रविधिको उपयोग

Written by: Pranjal Khatiwoda - 23030, Grade XI

Posted on: 29 October, 2021

हाम्रो दैनिक जीवनलाई सजिलो बनाउनका लागि विभिन्न क्षेत्रहरूमा प्रयोग गरिने प्रविधिलाई आधुनिक प्रविधिका रूपमा चिनिन्छ ।

विश्वभरको शिक्षा प्रणालीअनुसार बच्चाहरू कक्षामा बस्ने र घन्टौँ शिक्षकहरूको व्याख्यान सुनेर बस्ने चलन चलिआएको छ तर यो अब परिवर्तन हुँदै छ । विश्वभरका धेरै स्कुलहरूले अनलाइन शिक्षा अपनाएका छन् । कक्षाहरूले डिजिटल शिक्षण उपकरणहरूको प्रयोग गर्न थालेको छन्, जस्तैः कम्प्युटर, प्रोजेक्टर आदि जुन आधुनिक प्रविधिको कारणले सम्भव भएको छ । अनलाइन शिक्षा प्रयोगकर्तामैत्री, आत्मव्याख्यात्मक छ र यसले शिक्षालाई अधिक रोचक बनाउँछ र विद्यार्थीहरूलाई सिक्न पनि सजिलो हुन्छ । प्रविधिले गणित, रसायन विज्ञान, जीवविज्ञान, भौतिक विज्ञान आदिजस्ता विषयहरूमा उन्नत शिक्षा प्रदान गर्न मद्दत गर्दछ । यसले विद्यार्थीको उत्सुकता बढाउँछ र उनीहरूलाई विभिन्न विषयका मामिलाहरूका बारेमा उत्सुक हुनका लागि प्रेरणा प्रदान गर्दछ । यसले खास गरी एउटा विषयका बारेमा विभिन्न अवधारणाहरू प्रदान गर्दछ, जसले हाम्रो सिक्ने क्षमतालाई व्यापक रूपमा बढावा दिन्छ । शिक्षकहरूले विभिन्न प्राविधिक उपकरणको प्रयोग गरेर कम जटिल तरिकामा विषयवस्तुकाे व्याख्या गर्न सक्छन् । यसको प्रयोगले विद्यार्थीहरूकाे अल्छीपन हटाउँछ जुन केही कुरा सिक्नका लागि एकदम जरुरी छ । आधुनिक प्रविधिले विभिन्न शिक्षणसिकाइका सामग्री प्रदान गर्दछ । विद्यार्थीहरूका साथसाथै शिक्षकहरूले पनि यसको फाइदा उठाउन सक्छन् । प्रविधिले विद्यार्थीहरूलाई गुणस्तरीय जानकारी प्रदान गर्दछ जसले व्यापक शिक्षा आर्जनमा मद्दत पुर्याउँछ । इन्टरनेटले ज्ञान प्रदान गर्नमा एक महत्त्वपूर्ण भूमिका खेल्छ र एक व्यक्तिको रायमा मात्रै विद्यार्थीहरूलाई सीमित गर्दैन । 

अनलाइन शिक्षाले शिक्षा लेनदेनको तरिका पनि परिवर्तन गर्दछ । यसले शिक्षाप्रतिकाे  दृष्टिकाेण परिवर्तन गर्दछ । राम्रो प्रविधि प्राप्त हुनुको अर्थ राम्रो शिक्षाकाे प्राप्ति हो ।