Written by: Prasiddhi Dangol - 28009, Grade VI
Posted on: 29 October, 2021
सलल सलल बगिरहने
ए पावन खाेला
तिमी कहिल्यै राेकिँदैनाै
अद्भूत छ तिम्राे कला
तिम्रा ती सुमधुर सङ्गीतले
सधैँ मलाईडाक्छ
तिम्राे छेउ बसेर सधैँ
नाच्न मन लाग्छ
जब म भेट्छु तिमीलाई
आफैभित्र हराउँछु
छाल झरना र ताल देख्दा
म झन् झन् रमाउँछु ।
प्राणीकाे जीवनकाे
तिमी हाै सबथाेक
अनि पृथ्वीकाे गहना
म सधैँ खुसी हुन्छु
तिम्राे बयान सुन्दामा