Logo

Student Corner

विद्या

Written by: Shatakshi Pandey - 31029, Grade III

Posted on: 29 October, 2021

विद्या यस्ताे  विषय हो जसले मानिसलाई विद्वान बनाउँछ । संसारको सबैभन्दा ठुलो धन विद्या धन हो । यो कसैले चोर्न सक्दैन । विद्या कसैसँग पनि बाँड्नु पर्दैन बरु यो जति खर्च गर्‍याे उति बढ्दै जान्छ । विद्या जति बाँड्यो उति मान्छे सभ्य, इमानदार, ज्ञानी र महान बन्न सक्छ । विद्या आर्जन गरेर नै मानिसहरू डाक्टर, इन्जिनियर, वकिल आदि भएका छन् । नर्स, शिक्षक, वैज्ञानिक पनि विद्या आर्जन गरेपछि मात्र बन्न सकिन्छ । विद्या आर्जन नगरिकन सफल बन्न सकिँदैन । शिक्षित नभइकन कुनै काम गर्न सकिँदैन । सरस्वती माता विद्याकी देवी हुन् । त्यसैले हामी बच्चाहरूलाई सर्वप्रथम शिक्षाको सुरूवात सरस्वती पूजाको दिनबाट नै गरिन्छ ।