Logo

Student Corner

फूल

Written by: Prashuv Adhikari - 32011, Grade II

Posted on: 29 October, 2021

फूलबारीमा फुल्छ फूल 
 थरी थरी रङ्ग छन्
 थरी थरीका बास्ना छन् 
बिनाकाम नटिप्नु है फूल
 सित्तै टिपेर नगर्नु है भुल 
जाडो र गर्मी सहेर 
घाम पानीमा रहेर 
हाम्रो लागि फुली दिन्छ 
फूलबारीमा फुल्छ फूल
 सित्तै टिपेर नगर्नु है भुल
 भगवानका लागि चढिदिन्छ 
नारीका लागि शृङ्गार बनिदिन्छ 
शवमा पनि चढिदिन्छ
 सबैमा अर्पित भइदिन्छ 
समान भाव छ उसमा 
फूलबारीमा फुल्छ फूल 
सित्तै टिपेर नगर्नु है भुल