Logo

Student Corner

अन्धविश्वास

Written by: Aashrab Khanal - 22001, Grade XII

Posted on: 22 October, 2021

“अन्धविश्वास” भन्ने शब्द हामी लगभग दैनिक रूपमा सुन्छौँ । अन्धविश्वास यस्तो विश्वास हो जुन सामान्यतया अज्ञानता वा छद्म विज्ञानको परिणामस्वरूप हुन्छ । यसको प्रयोग विशेष गरेर भाग्य, आकर्षण ज्योतिष, भाग्य बताउनेजस्ता कुराहरूसँग जोडिएर हुन्छ । 

डिएटर हर्मेनिङ्गले अन्धविश्वासलाई जादु, भविष्यवाणी र अवलोकन गरी तीन वर्गमा वर्गीकृत गरेका छन् । उनले अवलोकनलाई 'सङ्केत' र 'समय' लाई पनि विभाजित गरेका छन् । मानिसहरू सोच्छन् कि अन्धविश्वासले घटनाहरूका  सम्भावित नतिजाहरूलाई बदल्छ ।अन्धविश्वासले नयाँ सम्भावित परिणामहरू सिर्जना गर्ने कुरामा मानिसहरूले विश्वास गर्दैनन् । खेलाडीहरूमा अन्धविश्वासकाे अनुष्ठानले तनाब कम गर्न र प्रदर्शन सुधार गर्न सकेको देखिएको छ । मानिसहरू कुनै घटनालाई अलौकिक कारण दुई परिस्थितिहरूमा दिन्छन् । पहिलो भनेको कुनै पनि आश्चर्य लाग्ने घटनामा अन्धविश्वासका तत्वहरू बढ्छन् र दोस्रो भनेको सकारात्मकभन्दा नकारात्मक घटनाहरूलाई मानिसले अन्धविश्वासको दृष्टिले हेर्छन् । 

नेपाली समाजमा पनि अन्धविश्वास प्रमुख रहेको छ तर हाम्रो समाजमा अन्धविश्वासको कुरा धर्म र परम्परासँग जोडिएको देखिन्छ । मानव सभ्यता यति पर आइसकेपछि पनि जातपात र छुवाछुतको अन्धविश्वास अहिलेसम्म चलिरहेको छ । कहिलेकाहीँ अन्धविश्वासले कुनै कुरालाई  फाइदा गरेको पनि देख्न सकिन्छ । रुखबिरुवालाई भगवान् मान्नु र पानीको मुहानलाई देवताको थान मान्नुले वातावरणलाई  सहयोग पुर्याएको छ । अन्त्यमा अन्धविश्वास मानवजातिको शत्रु हो र यसलाई हटाउन सबैले आफ्नो पक्षबाट सहयोग गर्नुपर्छ ।