Logo

Student Corner

गर्मी माैसम

Written by: Tatsam Gautam - 23045, Grade XI

Posted on: 22 October, 2021

वसन्तको हावाहुरी सकियो,
त्यहीसँगै घाम पोल्ने हुँदै आयो,
बिस्तारै मानिसको कपडा फेरिँदै गयो,
चराहरूको बसाइ अन्तै सर्न थाल्यो ।

सबैको मुखमा गर्मी भन्ने शब्द झुन्डिन थाल्यो,
सबैको घरमा पङ्खा चल्न थाल्यो,
पङ्खाले गर्दा नै हामीले चिसाे हावा खान पायौँ,
पङ्खाले गर्दा नै हामीले मिठाे निद्रा सुत्न पायौँ ।

दिनभरि बेचैनी ल्याउन थाल्यो,
मानिसलाई अल्छी बनाउन थाल्यो,
विद्युतीय उपकरणले बिजुलीकाे बिल बढाउन थाल्यो,
पैसा तिर्दा तिर्दा हातबाट पसिना निस्कन थाल्यो ।

दिउँसोभरि घरमा बस्न बाध्य पार्यो,
रातभरि लामखुट्टेले गाराे पार्यो,
बिहान नै दिउँसाेजस्ताे हुन थाल्यो,
नुहाएबित्तिकै पनि पसिना गनाउन थाल्यो ।