Logo

Student Corner

दसैं बिदाको मेरो योजना

Written by: Remon Sangat - 25012, Grade IX

Posted on: 22 October, 2021

वि सं. २०७८ सालको दसैं विदा सुरु हुन दुई दिन मात्र बाँकी थियो । अनलाइन कक्षा पछिको भौतिक कक्षा पनि रमाइलो नै थियो । दसैं नजिकिँदै गएकाले म धेरै खुसी थिएँ । असोज २०गते हाम्रो बिदा अगिको अन्तिम कक्षा हो ।
२१ गते घटस्थापनाको दिन बिहानै नित्यकर्म सकेपछि देवीको मन्दिरमा गएर पूजा गर्ने योजना बनाएँ । घरमा आएपछि मिठा मिठा परिकार खाने र दसैंका लागि दाहहरूसँग नयाँ कपडा किन्ने कार्यक्रम तय गरेँ । हाम्रो टोलबाट फुटसल टुर्नामेन्ट प्रतियोगिता राखिएको छ । मैले पनि त्यस प्रतियोगितामा भाग लिने र उपाधि हात पार्ने योजना बनाएको छु । दसैँ भनेपछि पिङ खेल्ने र चङ्गा उडाउने कुरामा त म  निकै उत्साही हुन्छु । चङ्गा उडाउने र पिङ खेल्ने मेरो योजनालाई मैले प्राथमिकतामा राखेको छु । घरमा परिवारसँगै बसेर तास पनि खेल्नुपर्ला यो पनि एक रमाइलो नै त हो । यस्तै रमाउँदै मेरा नवमीसम्मका दिनहरू बित्ने छन् । विजया दशमीका दिन घरमा टिका जमरा ग्रहण गरी  मिठा मिठा खानेकुरा खाएर रमाइलोसँग दिन बिताउने मेरो योजना छ ।
एकादशीको दिन म मामाघरमा जाने छु । टिका जमरा लगाउने छु । रमाइलो कुरा गरी समय बिताउने छु  अनि घर फर्किने छु । यसरी रमाइलोसँग मेरो दसैं बिदा सकिने छ ।