Logo

Student Corner

तीन अप्सरा

Written by: Aadhya Shri Poudel - 30001, Grade IV

Posted on: 22 October, 2021

स्वर्गलोकमा अप्सराहरु बस्दछन् । अप्सराहरुलाई रेखदेख गर्ने एक जना आमा हुनुहुन्छ । उहाँले आकासबाट नै पृथ्वीलोकमा बारम्बार ध्यान दिएर हेर्नुहुन्छ । एक दिन उहाँलाई पृथ्वीका मानिस देखेर सहयोग गर्न मन लागेछ । पृथ्वीमा पनि कहाँ गएर सहयोग गर्ने भन्ने उहाँले सोच्नु भयो । एक दिन उहाँलाई हिमालयको छेउमा रहेको सानो, सुन्दर र रमणीय शहरमा बसोबास गर्ने मानिसहरुले पाएको दुःखबाट छुटकारा दिलाउन मन लाग्यो । 
त्यसपछि उहाँले आफ्नो तीन जना छोरीहरुलाई नेपालमा पठाइन् । नेपालको उत्तर दिशामा रहेको हिमालको काखमा अवस्थित सुरम्य नाम गरेको शहरमा ती अप्सराहरु आएर बस्न थाले । उनिहरु हरेक दिन जंगलमा गएर फुलहरु टिपेर ल्याउने र त्यस फुललाई बास्नादार बनाउन आफ्नो जादुको प्रयोग गर्न थाले । फुल राम्रोसँग विक्न थाल्यो । उनिहरुलाई त्यहाँ बस्न अब समस्या पनि भएन । तर छोरीहरुले जादुको प्रयोग फुलमा मात्र प्रयोग गरेको चित्त बुझेन । त्यसपछि आमाले उनिहरुको जादुको शक्ति खोसेर लिइन् । 
केही दिनको बसाइपछि एक दिन रातमा ढिलो सुते र बिहान उठ्न ढिलो भयो, जतिबेला मानिसहरु आफ्नो काममा व्यस्त भइरहेका थिए । उनिहरुले आज बल्ल मानिसहरुको भीड देखे । त्यहाँ कोही खान नपाएर मागिरहेका, कोही विरामी भएर कतै कुनामा सुतिरहेका देखे । त्यस्तो देखेर उनिहरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि ती तीन जना अप्सराहरुले भोको मानिसलाई खाना दिने, बिरामीको उपचार गरिदिने गर्न थाले । यस दिन देखि उनिहरुको जादुले काम गर्न पनि छाड्यो । 
जादु नभए पनि छोरीहरुले यस्तो सहयोग गरिरहेको देखेर आकाशबाट उनिहरुको आमा धर्तीमा आउने निधो गरिन् । आफ्ना छोरीहरु साधारण मानिस जस्तै जीवन बिताउन थालेको देखेर उनिहरुलाई केही ज्ञान दिन थालिन् । मानिसहरुलाई दुःखबाट, समस्याबाट सँधैको लागि छुटकारा दिन आमाले केही उपायहरु बताइन् । ‘तिमीहरुले रोगी मानिसलाई उपचार गरिदियौ तर उसको दैनिक आम्दानीको बाटो पनि बनाइदिनुपर्दछ । जसको लागि बिरामी मानिसलाई सङ्गीत सिकाइदेउ र त्यस सङ्गीतको प्रयोग गरेर उसले आफ्नो जीवन चलाउन सकोस् । खाना खान नपाएकाहरुलाई पसल राख्नको लागि केही पैसा सहयोग गरिदेउ । उसले त्यसैबाट कमाएर आफ्नो जीवन चलाउन सकोस् ।’ यति भनेर आमाले छोरीहरुबाट खोसेको जादु फर्काइदिइन् । 
आमाको यस्तो सुझाव पाएपछि अप्सराहरुले आमाले भनेजस्तै गर्दै गए । आफुसँग भएको जादुको प्रयोग गरे । रोग लागेका, भोकै रहेका र समस्यामा परेका मानिसहरुको जीवनलाई जे गर्दा राम्रो हुन्छ त्यसै गर्न थाले । 
केही महिनाको बसाइपछि सुरम्य नाम गरेको शहर पनि राम्रो भयो । त्यहाँका मानिसहरुको जीवन सुखी हुँदै गयो । यसरी आमाको सल्लाह अनुसार अप्सराहरुले केही मानिसको लागि एकै छिनको आनन्द भन्दा पनि पछिसम्मको लागि राम्रो गरे । त्यसपछि एक दिन ती अप्सराहरु आफ्नो काम पुरा भएको सम्झिएर स्वर्गलोकमा गएर आफ्नो आमासँग बस्न थाले ।