Logo

Student Corner

लामखुट्टे

Written by: Utsav Gautam - 23048, Grade XI

Posted on: 21 October, 2021

राती सुत्न लाग्दा आउँछु म,
दिनभरि भोक लाग्छ, कुरेर बस्छु म,
खान आ’को म मेरो खाना तर तिमी मलाई भगाउँछौ,
झुल र अल आउटले मलाई सताउँछौ ।
भोकै सुत्न मलाई मजबुर पार्छौ,
अरू म के गरूँ ? बाँच्नलाई खानै पर्छ,
नाम मेरो लामखुट्टे, खुट्टा मेरो लामो,
रोग फैलाउँछु रे मैले, गर्न खोज्या हैन,
बाँच्नलाई गर्छु म, जे गर्छु, यत्तिकै जिस्काउन आ’को होइन ।