Logo

Student Corner

दया

Written by: Simon Sangat - 22019, Grade XII

Posted on: 21 October, 2021

संसारको यस अपार अवधिमा
छ विभाजन धनी र गरिबमा
कागजकाे नोटरूपी सानो टुक्राले
जगाएको छ मानिसमा यो भावना ।

दया जाग्छ मेरो मनमा
मानिसको यस्तो दुर्गति देख्दा
पैसा भनाउँदो कागजको लागि
मानिसले मानिसलाई आघात पुऱ्याउँदा ।

दया जाग्छ मेरो मनमा 
धनीको पनि दुर्दशा देख्दा
सम्पत्तिको धाक देखाउने ती ठुलाबडाको
चोरीको डरले निद्रा ओझेल भएको पाउँदा ।

किन बुझ्न नसकेको मानिसले ? 
पैसा कागजको टुक्रा मात्र हो, 
यसले मानवता किन्न सक्दैन,  
पैसाले मात्र मानिसको प्रतिष्ठा बढ्दैन ।

दया जाग्छ मेरो मनमा
धनको पछि लाग्नेप्रति 
आफूलाई ठुलो मानी अरूलाई नीच देखाउनेप्रति
ठुलो सानो हुने कागजको टुक्राले होइन,
कर्म नै मानिसको परिचय हो, पैसा त केही होइन ।