Logo

Student Corner

हजुरबुवाविनाको दसैं

Written by: Angel Dhimal - 25002, Grade IX

Posted on: 21 October, 2021

दसैं त आयो तर हजुरबाविना 
टीका त लगाइन्छ तर हजुर बा विना
भन्छन् रमाइलो गर्ने यसपालीको दसैं
खुसीले मनाइने छैन यसपालिको दसैं ।

ए नातिनी  ! भनेर बोलाएझैं सुन्छु,
एक छिन झस्किन्छु ,
लुकी लुकी मलाई पैसा दिने
हजुरको बानी म कसरी बिर्सुं ?
हराउने छैन मबाट हजुरको त्यो माया
भौतिक संसारमा नभए पनि हजुर
घुमिरहन्छ वरिपरि हजुरकै छायाँ ।

याद हराएको छैन,
म सानी हुँदा हजुरले ताते ताते गर्दै
मेरो हात समाउँदै, हिँडेको म कसरी बिर्सुं ?
छोडी जानुभयो हजुरले दिएको साथ
समय विछोड गरायो गर्‍यो ठुलो घात ।

 आँखाको आँसु छैन हराएको अझै
रमाउन सकेकी छैन म गएर कतै
कसलाई दिनु भाको छ  हजुरले मलाई दिएको माया
बिर्सन सकेकी छैन मैले हजुरको छायाँ ।

फेरि लुटुपुटु गर्नु छ मलाई हजुरको काखमा
फेरि रमाउनु छ हजुरका रमाइला कथाहरूमा
दुःख साट्नु छ हजुरका व्यथाहरूमा
रमाउनु छ पुरानै यादहरूमा
रमाउनु छ पुरानै यादहरूमा ।