Logo

Student Corner

गाउँ

Written by: Suphiyana Ghimire - 27016, Grade VII

Posted on: 21 October, 2021


हेर हरियाली कति रमाइलो छ
सुन चराचुरुङ्गीकाे स्वर कति सुरिलो छ
गाउँलेहरू मिलिजुली सबै बसेका छन्
मिठाे स्वादमा काफलगेडी टोकेका छन् ।

सफा र गहिरो खोलाको पानी 
माछा र गँगटोले भरिएकाे छ
गाउँलेहरूले जालमा पार्छन् ती माछा
खानलाई स्वाद त कति मीठो आहा ।  

खेतबारेमा किसान धान रोपी
खेत जोती घरतिर फर्किन्छन्
त्यही धान भोलिपर्सि अन्नमा बदलिन्छ
र अनेकौंको पेट भर्छ त्यही अन्नले ।

भेट्न हजुरआमा हजुरबुबा
नातिनातिना कति खुसी
चाडपर्वमा आउँछन् 
टिका माला लगाई जान्छन् । 

दुई चुल्ठी बाटी सर्ट प्यान्ट लगाई 
ठुला-ठुला रुखभएको जङ्गलको बाटो हिड्दै
जान्छन् विद्यार्थी विद्यालयतिर पढ्दै र खेल्दै
शिक्षकले दिएको ज्ञान लिँदै ।

कति रमणीय छ गाउँले जीवन
यही हाे हाम्राे ठुलाे धन
तिनै गाउँलेकाे छ ठुलाे मन
गाउँले जीवनले  नै आकर्षण
 गरेकाे छ मलाई झन् झन् ।