Logo

Student Corner

जन्मदिन

Written by: Eva Adhikari - 29012, Grade V

Posted on: 21 October, 2021

हामी जन्मेकाे दिनलाई जन्मदिन भनिन्छ । हाम्राे जन्मदिनमा हामी रमाइलाे गर्छाैँ । हामी केक पनि काट्छाैँ । केक काट्नु पश्चिमी परम्परा हाे । हामीले जन्मदिनमा उपहार पाउँछाैँ, चकलेट बाँड्छाैँ । जन्मदिनमा हामीलाई आफूभन्दा ठुलाले आशीर्वाद दिनुहुन्छ भने साथीहरूले शुभकामना दिन्छन् ।
जन्मदिनमा शुभकामना र आशीर्वाद ठुलाे कुरा हाे उपहार पाएनाैँ भनेर हामी दुखी हुनुहुँदैन । मेराे जन्म २०६६ सालकाे मङ्सिर १७    मा भएकाे हाे । त्यसैले मेराे जन्मदिन मङ्सिरकाे १७ गते पर्छ । म जन्मदिनमा बिहान सबेरै उठेर नुहाएर मन्दिर जान्छु । मलाई घरमा आएपछि आमा,बाबा, हजुरबा,हजुरआमाले टिका लगाइदिएर आशीर्वाद दिनुहुन्छ । मैले त्यस दिन उपहार पनि पाउँछु । त्यसैले मलाई मेराे जन्मदिन धेरै नै रमाइलाे लाग्छ ।