Logo

Student Corner

जनै पूर्णिमा अर्थात् रक्षावन्धन

Written by: Aaradya Dev Joshi - 30002, Grade IV

Posted on: 21 October, 2021

जनै  पुर्णिमाको दिन तागाधारीहरुले पूरानो जनै झिकी गुरुपुरोहितद्वारा मन्त्र पढी शुद्ध पारिएको जनै फेर्ने गर्दछन् । यस्तै यसै दिन रक्षाबन्धन नामक धागो हातमा बाँध्ने चलन छ ।
यस दिन बाँधिएको त्यस धागोलाई तिहारको लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।
यस दिन ज्वाईंहरुले आफ्ना ससुरालीबाट नयाँ जनै फेर्नेसमेत गर्दछन् ।
सप्तऋषिलाई तर्पण दिने भएकाले यो दिनलाई ‘ऋषि तर्पणी’ पूर्णिमा पनि भन्ने गरिन्छ ।
तराईका मधेसी समुदायमा भने आजको दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ ।
नेवार समुदायमा सँगसँगै ब्राह्मण/क्षेत्रि र सम्पुर्ण नेपाली मानव समुदायमा आजको दिन विभिन्न गेडागुडीहरूको परिकार ‘क्वाँटी’ खाने चलन छ ।