Logo

Student Corner

मलाई मन पर्ने पुस्तक

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 06 October, 2021

नेपाली साहित्यमा अहिलेसम्म प्रकाशित पुस्तकहरूमध्ये  मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’  ( खण्डकाव्य ) मन परेको कृति हो। मुनामदन नेपाली साहित्यको महत्त्वपूर्ण उपलब्धी हो । मुना मदन झ्याउरे लयमा आधारित कृति हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । वि .सं १९९२ सालमा प्रकाशित प्रस्तुत काव्य देवकोटाले आफ्नो जीवनको अन्त्यकालमा मुनामदनबाहेक मेरा सबै कृति जलाइदिए पनि हुन्छ भनेका थिए ।

प्रतुस्त खण्डकाव्य काव्यको नायक मदन र नायिका मुनाको जीवन गाथामा आधारित छ  ।  मुना मदन एक कारुणिक खण्डकाव्य हो, जसले मुना र मदनको बिछोडको प्रेम कथाको वर्णन गर्दछ। मदन धन कमाउनको लागि ल्हासा जान्छन् र फर्कने क्रममा बाटोमा बिरामी हुन्छन् । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथीहरू आउँछन् र मदनको मृत्यु भएको कुरा भन्छन् । यो कुराले मुनालाई निकै पीडा हुन्छ। यही पीडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ। उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छन्। उनले मदनको खुबै स्याहार गर्छन् । त्यस बेला मदनले भन्छन् ," क्षत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुदैन" ।  जब मदन निको भएर घर फर्कन्छ , त्यति बेला उसको परिवार मुना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ । अनि आफू पनि मर्छ ।

नेपाली जनजीवन, नेपाली संस्कृति र नेपाली परिवेशलाई आधार बनाएर लेखिएको प्रस्तुत काव्य करुण  रसले भरिपूर्ण छ। आर्थिक अवस्था कमजोर भएका नेपालीहरू धन कमाउन आफ्ना परिवार छोडेर कसरी विदेशिन्थे र त्यहाँ कस्तो समस्या भोग्नुपर्थ्यो भन्ने कुरा देखाउन खोजिएको छ ।