Logo

Student Corner

रक्षाबन्धन र जनै पुर्णिमा

Written by: Agraz Rijal - 29004, Grade V

Posted on: 06 October, 2021

रक्षाबन्धन एउटा पर्व हो । रक्षाबन्धन हिन्दू धर्ममा मनाइने पर्व हो । रक्षाबन्धन दुईवटा शब्दले बनेको छ ;रक्षा र बन्धन । रक्षा को अर्थ सुरक्षा हो र बन्धन को अर्थ बाँधिएकाे  हो । यो पर्व श्रावण महिनाको पुर्णिमाको दिनमा मनाइन्छ ।  यस दिन दिदी बहिनीले अजफ्नो दाजुको निधारमा टीका लगाइदिन्छन् र हातमा राखी बाँधिदिन्छन् । रक्षाबन्धन को दिन जनैपुर्णिमा पनि मनाइन्छ । जनैपुर्णिमामा ब्राह्मण र क्षेत्री समुदाएका ब्रतबन्ध गरेका पुरुषले जनै लगाउने वा जनै फेर्ने गर्दछन् । यस दिन ऋषिहरू लगायत भगवान शिवको पनि पुजा गरिन्छ । जनै पुर्णिमाको दिन सबै नेवार समुदायका मानिसहरू आफ्नो परिवारसँग मिलेर क्वाँटी र अंकुर दाल को पर्व मनाउछन् ।