Logo

Student Corner

खेलकुद

Written by: Arwin Tandukar - 30005, Grade IV

Posted on: 06 October, 2021

खेलकुद भन्नाले विभिन्न प्रकारका खेलहरु बुझिन्छ । जस्तैःफुटबल,  भलिबल, कराँते, टेनिस, कबड्डी, इत्यादि खेलकुदले मानिसको सकारात्मक विचारको विकास गर्छ मलाई कराँते खेल एकदम मनपर्छ म कराँते खेल सिक्दैछु ।कराँतेमा दुईजना खेलाडीहरु बिच प्रतिस्पर्धा हुन्छ ।जसले धेरै अङ्क ल्याउँछ , त्याे नै विजयी हुन्छ  । कराँते खेलका धेरै तहहरू हुन्छन् ।

जब हामी कराँते खेल्छौँ तब कराँते ड्रेस लगाएर खेल्छौँ । यस खेलमा अङ्क प्राप्त गर्न  टाउको, छाती र पेटमा  हिर्काउनुपर्छ । हामीले हिर्काउने र छेक्ने काम गर्छौँ।  म बढी   हिर्काउने कोसिस गर्छु । यो खेल रमाइलाे छ तर कठिन पनि छ । म  राम्रो खेलाडी बन्न चाहन्छु र ब्ल्याक बेल्ट सम्म जान चाहन्छु । कराँतेको तालिम लिन धेरै गाह्राे छ तैपनि म प्रयास गर्छु ।