Logo

Student Corner

फूल

Written by: Aakanchhya Khadka - 27001, Grade VII

Posted on: 04 October, 2021

बगैँचामा फुलेका छ्न् कति राम्रा फूल
छन् यिनीहरू  रङ्ग र सुगन्धले भरिपूर्ण 
रङ्गीचङ्गी  इन्द्रेणी फूल झैँ लाग्छ
बगैँचामा फूल देख्दा दु:ख सबै भाग्छ ।

साहसी  निश्छल भै फुल्छ्न तिरमा 
त्यसैले त चढ्छ्न् देवताको शिरमा
भमरा मौरी भुल्छ्न यिनको प्रीतमा
मणी झैँ गरी टप्कन्छ्न शीत यिनमा ।

सबैको नजर पर्छ यसकाे रूपमा
तर छैन रिस राग न  खोट  यिनमा
त्यसैले कति राम्रो छ फूलको योवन
हाम्रो पनि त्यस्तै सफल भए हुन्थ्योे जीवन।