Logo

Student Corner

छुवाछुत

Written by: Yunil Ghimire - 24008, Grade X

Posted on: 01 October, 2021

छुवाछुत प्रथा नेपालमा सदियौंदेखि रहेको नराम्रो प्रथा हो ।  छुवाछुत प्रथा जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । नेपालको सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा अझै व्यापक रूपमा चलिरहेको भेटिन्छ । कतिपय स्थानहरूमा दलित समुदायमाथि छोइछिटो गर्ने, मन्दिर प्रवेशमा रोक लगाउने , सार्वजनिक कुवा, पँधेरोमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् ।
अहिलेको २१ औँ शब्दादीमा पनि मानिसमा परम्परागत सोचाइ  हट्न सकेको छैन। मानिस कोही पनि जातका आधारमा सानो र ठुलो हुँदैन । मानिस त कामले पो महान बन्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” भनेका छन्। 
मानिस मानिस त सबै एकै हुन्  । प्राचीन कालमा मानिसले गरेका कामका आधारमा पछि मानिसले जात छुट्यायो र त्यही जातका आधारमा छुवाछुत गर्न थाल्यो। 
छुवाछुत जस्ता  व्यवहार हाम्रा समाजका समस्या हुन् । परम्परागत सोचमा आधारित यस्ता समस्या समाधान गर्न शिक्षा र सचेतना बढाउनु जरुरी छ । सहरमा यो समस्या बिस्तारै कम हुँदै पनि गएको छ । जबसम्म हामी मानिस मात्र हौँ भन्ने चेतना सबैमा हुँदैन तबसम्म यस्ता समस्या हट्दैनन् । त्यसैले यस्ता समस्या शिक्षा र सचेतना बढाएर समाजबाट हटाउनुपर्छ ।