Logo

Student Corner

समय

Written by: Smriti Lama - 25015, Grade IX

Posted on: 30 September, 2021

खै यो कस्तो समय हो  ?
भन्छन् सबै नराम्रो  
भन्छन् ; सबै वशमा छैन हाम्रो 
मान्छेदेखि मान्छे  भाग्नु पर्ने 
 खै यो कस्तो समय  ?

भेटघाट गर्नु पनि हुँदैन रे 
कार्यालय , विद्यालय कतै जानु हुँदैन रे 
घरभित्रै बस्नु पर्ने  भिडभाड देखे कुना  पस्नु पर्ने 
खै यो कस्तो समय हो ? 

न विवाहमा जन्ती न त  मर्दा मलामी 
लैजान्छ रे सेनाले घाटमा न त दिन्छ सलामी 
न त रोएर दु:ख साट्न सकिन्छ ,
न त आँसुले व्यथा बाँड्न सकिन्छ।   

देखे मेरै आँखाले गुमाएका आफन्त ,
हामीसँगै छ यो महामारी खोज्नु पर्दैन अन्त। 
हराएको छैन यो अपनाऔँ सावधानी ,
नत्र गर्छ यसले मानवको हानी। 
नत्र गर्छ यसले मानवको हानी