Logo

Student Corner

मेरो बहिनी

Written by: Aaradhya Prasai - 28001, Grade VI

Posted on: 30 September, 2021

मेरी प्यारी बहिनी आँखा उसका ठुला, 
जहिले पनि दिदी भन्दै आउछे म भा ठाउँमा । 
आउ न दिदी खेलाैँ  भन्छे मेरी प्यारी बहिनी। 
मलाई जहिले खुसी राख्ने मेरी प्यारी बहिनी। 

भाँडाकुटी डाक्टर खेल खेलौँ भन्छिन् नानी 
आफूलाई जहिले पनि पढ्न ध्यान जानी 
कहिलेकाहीँ  झगडा पनि पर्छ मेरी बहिनीसँग
दिदी भन्दै  फकाउछे पर्छु म त  दङ्ग ।

स्कुल जाँदा सँगै हामी खेल्दा पनि सँगै 
कति राम्रो जोडी भन्छन मेरा साथी भाइ
मेरी प्यारी बहिनी मलाई माया गर्ने 
मलाई पनि उसकाे  धेरै धेरै माया लाग्ने।।