Logo

Student Corner

देशको माया

Written by: Himani Bhattarai - 24011, Grade X

Posted on: 29 September, 2021

मेचीदेखि काली कपेर 
मेराे देश  रचिएको छ ।
हरियाली वनपाखाले
सुन्दर नेपाल बनेको छ ।

मेरो यो सुन्दर नेपालमा
वैरीकाेआँखा नलागोस् ।
यो शान्तिपूर्ण देशमा
दुस्मनकाे गोली नलागोस् ।

हामी नेपालीहरूको मनमा 
मित्रताको भाव जागी रहोस् ।
हाम्रो नसा नसामा 
पूर्खाहरूको जस्तै जोश रहिरहोस् ।

चिनाउन सकूँ विश्वमा
मैले मेराे देशलाई
हराउन सकूँ म यही देशका
कुना कन्दरा र भिरपाखाहरूमा
रमाउन सकूँ म मेरै सुसेली र भाकाहरूमा  ।