Logo

Student Corner

कथाः ‘चमेलीकाे बास्ना’

Written by: Aadar Timalsina - 29046, Grade V

Posted on: 29 September, 2021

पुस्तक समीक्षा

परिचय 

यस कथाकf लेखक रामबाबु सुवेदी हुन्। यस कथा को चित्राङ्कन के.के. कर्माचार्यले गरेका हुन् ।

पात्र

यस कथामा पात्रहरुको नाम चमेली, चमेलीकी आमा, उसका साथीहरु, सुनार, प्रधानाध्यापक र गुरुआमा हुन् । यस कथामा सबै मानवीय पात्रहरु छन् । यस कथामा मुख्य पात्र चमेली हो । सहयोगी पात्र भने अरु सबै जना हुन् । 

यस कथामा असल पात्र मात्रै छन् । चमेलीलाई थाहा थिएन कि उनी सुनको नराम्रो बाटोमा जादै थिइन् तर  प्रधानाध्यापकले उसलाई सम्झाउनुभयो र चमेलीले सुनको लत छोडदिई।

कथावस्तु 

यस कथामा चमेले नाम गरेको केटी विद्यालय गइरहेको देखिन्छ। उसकाे आमाले उसलाई सुनका गहनाहरु देखाउनुहुन्छ । आनि भोलिपल्ट चमेली उसकी आमाको सिरफूल लगाएर विद्यालय जान्छे । आनि उसका सथिहरु छक्क पर्छन् र उसकाे  एउटा साथीले उसलाई भन्छ कि “तिमिसँग त जम्मा एउटा सिरफूल छ मेरी दिदीसँग त कत्ति गहना छन् । त्यसपछि उसलाई गहना लगाउन मन लाग्छ र ऊ आमा सँग सुनार कहाँ गएर सुनको गहना बनाउन भन्छे । भोलि ऊ विद्यालय पुग्छे र कक्षामा गुरुले चमेलीकाे चित्र बनाउन भन्न‍ुहुन्छ तर चित्रहरुमा उसका हात या खुट्टा गहनाले बाँधिएका थियाे। भोलि प्रधानाध्यापकले चमेलीलाई सम्झाउनु हुन्छ र उसले सुनको लत छोडदिन्छे ।  

परिवेश                        

यस कथामा गाउँले परिवेश हरु छन। यस कथाको स्थलगत परिवेशहरु चमेलीको घर, चमेलीको कोठा, विद्यालय जाने बाटो, चमेलीको विद्यालय हो । 

 सिफारिस

यो कथालाइ सिफारिस गर्छु । किन भने यस कथा पढेर मलाई मजा आयो र यो कथा पढेर मलाइ थाहा भयो कि सुन ले मान्छेलाइ बिगार्न सक्छ र सुनको गहना लगाएर कोही पनि ठुलो हुँदैन