Logo

Student Corner

जनसङ्ख्या व्यवस्थापन

Written by: Bipana Shrestha - 24002, Grade X

Posted on: 28 September, 2021

कुनै पनि देशको आवश्यकताअनुसार त्यस देशको जनसङ्ख्याको वृद्धि,बितरण,क्षमता विकास र नियन्त्रणका कार्य गर्नुलाई जनसङ्ख्या व्यवस्थापन भनिन्छ । अहिले विश्वमा नै जनसङ्ख्या तीव्ररूपमा बढिरहेको छ । हाम्रो देश नेपालमा पनि जनसङ्ख्या तीव्ररूपमा वृद्धि भइरहेको छ । 

राष्ट्रिय जनगणना–२०७८ मा नेपालको जनसङ्ख्या लगभग ३ करोड पुग्ने अनुमान गरिएको छ । एघारौँ जनगणना–२०६८ का अनुसार जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत प्रतिवर्ष छ ।  जनसङ्ख्या वृद्धिले सामाजिक, आर्थिक र वातावरणीय पक्ष अनि विकासका क्रियाकलापमा प्रत्यक्ष प्रभाव पार्छ । क्षेत्र वा स्थानैपिच्छेको शैक्षिक स्तर, रोजगारी, सरदर आयु, मृत्युदर, जन्मान्तरजस्ता विषयका तथ्याङ्क पाइने भएकाले पनि सामाजिक परिवर्तनको खाका कोर्न जनगणनाको सकारात्मक भूमिका हुन्छ । जनसङ्ख्या व्यवस्थापनमा राज्यको आवश्यकताअनुसार आवश्यक पर्ने जनसङ्ख्याको आकार कायम गर्न घटी वा बढीको नीति निर्धारण गरिन्छ।

नेपालजस्तो देशका लागि छिटो जनसङ्ख्या वृद्धि हुनु र यसको व्यवस्थापन सही तरिकाले नहुनु भनेको चिन्ताको विषय हो । क्षेत्रफलका हिसाबले यति सानो देशमा जनसङ्ख्या वृद्धिदर प्रतिवर्ष १.३५ प्रतिशतले बढ्दै जानुले अझै पनि नेपालमा गरिबी र अशिक्षा व्यापकरूपमा छ भन्ने बुझिन्छ । जनसङ्ख्या वृद्धि आज नेपालको मात्र नभएर विश्वकै लागि ठुलो चिन्ताको विषय भएको छ। फलतः पछिल्लो जनगणनामा जनसङ्ख्याको वृद्धिदर घटेता पनि तराई तथा सहरी क्षेत्रमा भने जनसङ्ख्या बढ्दो रूपमा रहेको छ। अतः जनसङ्ख्यालाई तुलना गर्दा गाउँकाे  राजधानीको जनसंख्या बस्ती भने दिन दुई गुना रात चार गुणाले घना हुन पुगेको छ। 

जनसङ्ख्या व्यवस्थापनका लागि उपायहरु निम्नानुसार छन

: उमेर पुगेपछि मात्र  विवाह गर्ने 

: जन्मान्तर कायम गर्ने 

: परिवार नियोजन

: स्वास्थ र जनसङ्ख्या शिक्षामा जोड दिने 

 : लैङ्गिक समानता कायम गर्ने