Logo

Student Corner

झरी

Written by: Prasiddha Shrestha - 28008, Grade VI

Posted on: 28 September, 2021

झरी झरिहेको छ
आकाश रोइरहेको छ
कसैलाई खुसी छ
कसैलाई दु:ख ।

कसैलाई शीतल छ
कसैलाई अति कष्ट छ
कसैलाई रोपाइको खुसी छ
कसैलाई खोला बढीले दु:ख छ ।

किसानलाई  रमाइलो छ
प्रायः ठाउँमा  बाढीले कष्ट छ
सहरी क्षेत्रमा   झरीले शीतल छ
दुर्गम ठाउँमा खोलाबाढीले साह्राे गारो छ

यो मौसम नै यस्तै छ
 जे भए पनि सहनु नै छ
 एकअर्कालाई दु:खमा साथ दिनु नै छ
 यो हाम्रो प्रकृतिको  नियम नै हो
स्वीकार्नै पर्छ 

 कसैले कसैलाई नराम्रो व्यावहार गर्नुहुदैन
सबैजना सबैसँग मिलेर बस्नुपर्छ
 कहिले सुख कहिले दु:ख सबैलाई हुन्छ
जे जस्तो भएपनि सहयोगको भावना हुनुपर्छ।