Logo

Student Corner

कथाः ‘चमेलीकाे बास्ना’

Written by: Agraj Rijal - 29004, Grade V

Posted on: 28 September, 2021

पुस्तक समीक्षा


परिचय
चमेलीकाे बास्ना एक सचित्र बालकथा हाे । यसका लेखक रामबाबु सुबेदी हुन् । यस कथाका चित्रकार के. के. कर्माचार्य हुन् ; जसले यस कथामा चित्र बनाएर यस कथालाई राम्रो बनाएका हुन् । यस कथाकाे प्रकाशन नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सानाेठिमी भक्तपुरले गरेकाे हाे । 

पात्र (असल पात्र र खराब पात्र)
चमेलीको बास्ना कथामा पात्रहरु चमेली, चमेली की आमा, चमेली की बुबा, चमेली की साथीहरु,  शिक्षिका, चित्र कला गुरु, प्रधानाध्यापक र सुनार हुन् । यि पात्र हरू मध्ये यस कथा का प्रमुख पात्र चमेली हुन् । यस कथाका सबै पात्रहरू मानवीय पात्र हुन् ।  पहिला चमेली पढाइ र खेलकुदमा राम्रो हुन्छिन् तर पछि  चमेलि सुनका गहनाहरूमा लागेर चमेलिको बिद्यालय छुट्यो र चमेलीको दुइवटा बिषयमा डि आएछ । तर जब प्रधानाध्यापकले सम्झाउनुहुन्छ चमेली गहनाबाट हटेर फेरि पढाइ र खेलकुदमा राम्राे गर्छिन् । सुनारले चमेलीका गहनाहरू बनाउनलाई मदत गरेको छ । प्रधानाध्यापकले चमेली लाई सुन र गहनाहरुले पनि राम्रो हुँदैन भनेर सम्झाउनु भएको छ । गुरुआमाले  चमेली लाई हराएको गहना भेट्टाउन मदत गर्नुभएको छ । र चमेलीकी आमाले चमेलीलाई गहनाहरु बनाइदिनुभएको छ । त्यसरी यसकारण कथाका सबै पात्रहरु असल पात्र हुन् ।

कथावस्तु
एउटा गाउँमा चमेलि नाम गरेकि एउटा केटी बस्थी। उनी धनी आमाबाकी छोरी थिइन्। उनकी आमासँग धेरै गहनाहरु थिए। एक दिन उनकी आमाले उनलाई सबै गहनाहरू देखाउनुभयो र ति गहनाहरूका  नाम पनि बताउनुभयो। अर्को दिन चामेलीले सिरफूल  लगाईन् । उनी सिरफूल लगाएर बिद्यालय गइन्। चमेलीले आफ्ना दुई जना साथीहरूलाई आफ्नो बाटोमा देखीन्। उनका साथीहरू यो देखेर छक्क परे तर उनीहरूले केही भनेनन् । जब चमेली स्कूल पुगिन्, उनका साथीहरू पनि सिरफूल देखेर छक्क परे। उनको शिक्षकले सिरफूल देख्नुभयाे तर उहाँले केहि कुरा बताउनुभएन । जब चमेली घर फर्किन् तब उनकी आमाले उनलाई सिरफूल लगाएको देखेर छक्क पर्नुभयो। जब चमेलीले थाहा पइन् कि उनी गहना लगाएर सुन्दर देखिन्छिन त्यतिखेर चमेलिले आफ्नी आमालाई उनलाई गहनाहरू किन्न लगाइन् । अनि चमेलीकी आमाले चमेलीलाई सुनार कहाँ लगिन् र केही गहना बनाउन लगाइन्। अर्को दिन सुनारले चमेलीको घरमा सबै गहनाहरू ल्याइदियो। त्यसपछि चमेली गहना लगाएर स्कूल गइन्। खाजाखाने समयमा चमेलीका साथीहरूले गीत गाउन थाले र चमेली नाच्न् थालिन् । जब चमेली घर फर्कदै थियिन् तब चमेली सडकमा लडिन् । उनले भनिन् कि उनको साथीले उनलाई धकेलिदिइन् । उनी खेलकुदबाट टाढा गइन्। एक दिन उनी नुहाउन जाँदै गर्दा उनले आफ्नो गहनाहरू जम्मा गरिन्। उनको सिरफूल भाँचिएको थियो। चमेलीले उनको सिरफूल  सुनारकाेमा लगिन् । अर्को दिन उनको झुम्का स्कूलमा हराइन्।  अर्को दिन चमेलीको काडे बाला भाँचिन्छ । त्यो दिन उनी सुनार कहाँ गइन् तर उनको स्कूल छुट्यो। एक दिन चमेलीकी चित्रकला गु्रुले उनका साथीहरुलाई चमेलीको चित्र बनाउन भन्नुभयो । उनका साथीहरूले उनको चित्र बनाएर पाटिमा टास्ँन थाले। पाटिमा धेरै किसिमका चित्रहरू थिए। ति चित्रहरूमा चमेलिको हात सुनकाे सिक्रीले बाँधिएको देखिन्थ्यो । उनको अर्को साथी सुक्रबहादुरले बनाएको चित्रमा चमेलिको खुट्टा सुनको सिक्रीले बाँधिएको देखिन्थ्यो। चमेली दुःखी र चिन्तित भएकी  थिइन् र सोचिन् किन उनका साथीहरूले किन त्येस्तो चित्र बनाएका होलान्  तर उनको चित्रकला गुरूलाई ती चित्रहरु मन पर्यो। चमेली कक्षामा आफ्ना साथीहरूबाट टाढा बस्न थालिन्। उनी जता गए पनि एक्लै बसिन्। उनी आफ्नो पढाइमा राम्रो थिइन् तर अब उनकाे दुई विषयहरुमा डि आएछ। उनी कक्षाकोठामा पछाडि बस्न थालिन्। अर्को दिन प्रधाना प्रधानाध्यापकले उनलाई बोलाएर भने कि सुन र गहनाको बास्ना हुँदैन। जब उनी घर पुगिन् उनले सबै गहनाहरू एउटा कुनामा राखिन्। त्यसपछि चमेली सुनारकहाँ गइन् र आफ्ना सबै गहनाहरूकाे एउटा गोलो पारिदिन भनिन् र उसले त्यो बल उनकी आमालाई राख्न दिइन् । अर्को दिन चमेली स्कूल जाँदा चमेलीकि प्रधानाध्यापकले  चमेली फेरि असल चमेली बनेर आएकी छिन् भन्नुभयाे ।   

परिवेश
चमेलीकाे बास्ना कथामा चमेलिको घर, घरको कोठा, चमेली विद्यालय आउने जाने गर्ने बाटो, विद्यालय, विद्यालयको कक्षा कोठा, प्रधानाध्यापकको कार्यालय, चरा उडेको ठाउँ,  खेल मैदान, रुखको चौतारा स्थलगत परिवेशका रूपमा  आएका छन् । चमेली घरबाट बिद्यालय गएको, चमेलीकी आमाले चमेलीलाई गहना देखाउनु, चमेली बिधालय बाट धर फर्किनु, चमेलीले सिर्फुल् झिकेर लगाउनुु, चमेलि सिर्फुल् लगाएर बिद्यालय जानु, चमेलीले उनकी आमासँग गहना बनाउनका लागि जिद्धी गर्नु, चमेलीका गहनाहरू सुनारले बनाउनु, चमेलीको बिद्यालय छुट्नु, चरा उढ्नु, चमेलीको दुइवटा विषयमा डि आउनु, प्रधाना अध्यापकले चमेलीलाइ सुनको बास्ना हुँदैन भनेर सम्झाउनु र चमेलि फेरी असल चमेलि भएर आउनु इत्यादि परिवेशका रूपमा आएका छन् ।

निष्कर्ष (सिफारिस)
म यो कथालाई सिफारिस गर्न चाहान्छु किनभने यसले हामीलाई सुनको बास्ना हुँदैन, हामी सुनको पछि लाग्नु हुँदैन, सुनले हाम्रो केहि राम्रो गर्दैन भन्ने सिकाएकाे छ । जसरी  यस कथामा चमेली नाम गरेकी केटी सुनको पछि लागेर उसको विद्यालय छुट्यो र दुईवटा विषयमा डी आयो त्यसरि नै हाम्रो पनि कक्षामा थोरै अङ्क आउन सक्ने छ, यसैकारण हामी सुनको पछि लाग्नु हुँदैन भनेर यस् कथाले हामीलाई सिकाएको छ ।