Logo

Student Corner

दुःख

Written by: Angel Dhimal - 25002, Grade IX

Posted on: 27 September, 2021

पढ्न पाएनन् कति आँखाहरूले
लेख्न पाएनन् कति ,
शिक्षाको ज्योति गुमाए
कति साना नानीबाबुहरूले ।

कतिको रोजगारी नै गुम्यो,
कतिको घरको छाना नै उड्यो ।
कस्तो समय आयो,
सबैलाई दुःख भोग्ने बनायो ।

धेरैले आफ्ना प्रियजन गुमाए,
कतिले सिङ्गो संसार नै गुमाए। 
कतिले दुःख सहन नसकी,
आफ्नो आयु नै मेटाए। 

दुःखको भारी बोकी
कहाँसम्म होला लाने ?
बिसाउने ठाउँ नै आएन
राम्रो कहिले हुने थाह नै भएन ।

अहिले दुःख भए पनि
पछि सुख हुनेछ ,
दुःखको रात गएपछि
सुनौलो घाम अवश्य लाग्ने छ ।