Logo

Student Corner

कथाः चमेलीकाे बास्ना

Written by: Prabal Dawadi - 29020, Grade V

Posted on: 27 September, 2021

परिचय

चमेलीको बास्नाले एउटा सचित्र बालकथा हो। यस किताबका लेखक रामबाबु सुवेदी हुन्। यस किताबको चित्र कोर्ने काम के. के कर्मचार्यले गरेका हुन्। यस कथाको प्रकाशक नेपाल सरकार बिज्ञान तथा प्रविधि मन्त्रालय हो।

पात्र (असल पात्र र खराब पात्र)

चमेलीको बास्ना कथाका सहायक पात्र तिलजा,सुकबहादुर, प्रधानाधयापक, चमेलीकी आमा र गुरुआमा हुन। यस कथाकी प्रमुख पात्र चमेली हुन्। यो कथाको मानवीय पात्र चमेली,चमेलीकी आमा, उनको साथी,गुरुआमा, र प्रधानाधयापक हुन्। यस कथामा  सुनार पनि  मानवीय पात्रको रूपमा आएको छ। चमेलीको साथीहरू चम्पा,सोहन र अल्का पनि मानवीय पात्रको रूपमा आएका छन्। यस कथामा असल र खराब दुवै पात्र हरु छन्। असल पात्र को रूपमा प्रधानाध्यापक आएका छन्। चमेली खराब पात्रको रूपमा आएकी छिन् किनभने उनले आमाको सुन सुटुक्क लगाएर विद्यालय गइन्। पछि भने उनी असल पात्रको रूपमा आइन् किनकि उनले सुनको बास्ना हुँदैन भन्ने थाहा पाइन्।

कथावस्तु

चमेलीको बास्ना कथामा चमेली कक्षा तीन मा पढ्छिन्। उनी धनी परिवारकी एक्ली छोरी थिइन्। एक दिन उनकी आमाले गहना देखाउनु भयो। उनले शिरफूल विद्यालय लिएर गइन्। उनका साथीहरू र गुरुआमाले पनि केही भन्नु भएन। अर्को दिन चमेलीले आफ्नी आमालाई गहना बनाउन जिद्दी गरिन्। गहना बनाइसकेपछि उनी त्यसको चिन्ताले साथीसँग खेल्न पनि गइनन्। उनीबाट साथीहरू टाढा भए। उनको परिक्षामा पनि राम्रो नतिजा आएन। अर्को दिन प्रधानाध्यापकले उनलाई सुनको बास्ना हुँदैन भन्नु भयो। 

त्यो दिन उनी सुनारकहाँ आफ्नो गहना डल्लो पार्न लिएर गइन् । त्यसपछि उनी साथीहरुसँग मिल्न थालिन् र राम्रोसँग पढ्न थालिन् र उनको बास्ना फैलियो।

परिवेश

यस कथाको स्थलगत परिवेश चमेलीको घर, उनको विद्यालय, उनको कक्षाकोठा, उनको खाना खाने ठाउँ, उनको खेल्ने मैदान र उनको घर र विद्यालयको बाटो हो। यस कथाको परिस्थितिगत परिवेशको रुपमा सुनको घमण्डले पढाइ बिग्रिनु र साथीबाट मित्रता तोडिनु र प्रधानाध्यापकले सम्झाएपछि साथीहरुसँग मिल्नु हो।

निष्कर्ष (सिफारिस)

यो चमेलीको बास्ना कथा राम्रो र रमाइलो छ। म यो कथा मेरा साथीहरूलाई सिफारिस गर्न चाहन्छु किनभने यस कथामा हामीले सुनको बास्ना हुँदैन भन्ने जानकारी पाउन सक्छौं। यस कथाले हामीलाई सधैं पढ्नु पर्छ र लोभ गर्नु हुँदैन भन्ने कुरा सिकाएको छ।