Written by: Sambid Dhakal - 30028, Grade IV
Posted on: 24 September, 2021
परिचय - जतन कथा
प्रस्तुत जतन कथा एक चित्रकथामा आधारित पुस्तक हाे। यो कथालाई नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालय अन्तर्गतकाे पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको हो। एस चित्र कथाकाे पुस्तकको लेखन उद्धवप्रसाद प्याकुरेल र चित्राङ्कन सुमन महर्जनबाट भएकाे हाे । यस पुस्तकको सम्पादन रेणुका पाण्डे, रजनी धिमाल चिनाकुमारी निरौला शाश्वत पराजुलीकाे समूहबाट भएको हो । मलाई यो पुस्तक निकै मन पर्यो।
पात्र
यस कथामा विभिन्न पात्रहरू छन् जसमा पेन्सिल, रूलर, झाेला, किताव, कमिज, जुत्ता, माेजा आदि दिपकले कल्पना गरेका पात्रहरू हुन्। यो कथामा एउटा हामीजस्तै केटाे हुन्छ। जसको नाम दीपक हो। उसले आफ्ना सामान जतन गर्दैनथ्याे । त्यसैले ऊ पहिला खराब पात्र थियो। उसले पछि आफ्नो सामान जतन गर्यो र उसलाई असल पात्रको रुपमा देखाइएकाे छल। त्यसैले यस कथाको मानवीय र बालपात्र दिपक मात्र हो। अन्य काल्पनिक र अमानवीय पात्र छन् । सबै पात्रहरूले कथालाई अगाडि बढाएका छन् ।
कथावस्तुः
यो कथामा एउटा हामीजस्तै केटाे हुन्छ जसको नाम दीपक हाे । एकदिन ऊ बेलुकाको खाना खाएर सुत्याे तर उसलाई निद्रा परेन । उसले आफूले प्रयाेग गर्ने हरेक सामानकाे समूहलाई सम्झ्यो । उसले आफ्ना सिसाकलम, रङ, कापी, किताब, झाेला, टिफिनकाे भाँडाेतिर हेर्यो उसले सामानलाई टोक्ने ठाेक्ने, फाेहाेर गर्ने, केर्ने गरेकाले सबै सामान ऊसँग रिसाएकाे जस्ताे उसलाई लाग्याे । सिसाकलम, रङ, झाेला जस्ता सामग्रीले फाेहाेर गर्ने र दुःख दिने गरेमा अब म तिमीसँग विद्यालय नै जान्न भनेका थिए भने उसले लगाउने कमिजले पनि यस्तै कुरा गरेको थियो । दिपकले खाजा खाने टिफिनकाे भाँडाेसमेत ऊसँग रिसाएको थियो । झोलालेसमेत तिमीसँग विद्यालय जान्न भन्ने कुरा गरेको थियो। रङले चाहिँ तिमीले बनाएका चित्रमा म बस्दिनँ भनेको थियो। दीपकले आफैँले आफ्ना सामानहरूसँग नराम्रो व्यवहार गरेको र जतन नगर्ने गरेको कारणले गर्दा कल्पनामा यस्तो देखेको थियो । त्यसैले उसले साच्चै नै सामान रिसाए भने के होला भन्ने कुरा सम्झ्यो र आफ्ना सामानहरूलाई अबदेखि जतन गर्नेछु भन्ने वाचा आफूसँगै गर्यो त्यसपछि यस कथाको कथावस्तु पनि सकिन्छ ।
परिवेश
याे कथा दीपकले एउटा कोठाको खाटमा सुतेर एउटा घटना सम्झिएको परिवेशमा लेखिएको छ। उसले कल्पना गरेका सामानहरू आफ्नाआफ्ना ठाउँमा रिसाउनु पनि परिवेशकाे रूपमा लिन सकिन्छ ।
निष्कर्ष वा सिफारिस
यो कथाबाट मैले आफ्नो सामान जतन गर्नुपर्छ जथाभावी फाल्नु हुँदैन भन्ने कुरा बुझेँ। यो कथा पढ्दा पनि अत्यन्त रमाइलाे अनुभव हुन्छ । त्यसैले याे कथा म अरूलाई पनि सिफारिस गर्छु ।