Logo

Student Corner

फाेटाेसप

Written by: Shubhan Pradhan - 24005, Grade X

Posted on: 23 September, 2021

फाेटाेसप सन् १९७८ मा अमेरिकी भाइ थाेमस र जोन कनोलले  विकास गरेका थिए । जसले १९८८ मा एडोब (adobe) सिस्टम्स इन्कर्पोरेटेडमा वितरण लाइसेन्स बेचेका थिए । मूल रूपमा फाेटाेसप लोकप्रिय डिजाइन सफ्टवेयर एडोब इलस्ट्रेटरको उपसेटको रूपमा थाेमस र जोन कनोलले सङ्कलन गरेका थिए । थाेमस र जोन कनोलले यसमा थप सफलता पाउनका लागि प्रोग्राम रन गर्न सन् १९९० को प्रारम्भमा पिसीहरूको क्षमताहरूबारे थप अनुसन्धानतर्फ लागेका थिए । फाेटाेसपका लागि पिसीहरूको भण्डारण भएको भन्दा धेरै कम्प्युटर मेमोरी चाहिन्छ ।  यद्यपि विभिन्न चुनाैतीका बिचमा सफ्टवेयरले राम्रो बिक्री गरी आम्दानी  पनि गर्‍यो । 
फाेटाेसप हाल विविध क्षेत्रमा उपयाेगी बन्दै गइरहेकाे छ । प्रकाशन, वेब डिजाइन, औषधी, चलचित्र, विज्ञापन, इन्जिनियरिङसहित उद्योगहरूका लागिसमेत उपयाेगी बन्दै गइरहेकाे छ। सन् १९९५ मा एडोबले नोल भाइहरूबाट फोटोसप $ ३४.५  मिलियन डलरमा खरिद  गर्‍यो । यसपछि कम्प्युटरमा थप सुधार भएको डिजिटल फोटोग्राफी टेक्नोलोजीको फोटोसपको माग बढ्यो । साेहीअनुसारकाे फोटोग्राफीकाे उत्पादन पनि भयाे । याे प्रोग्रामले निकै सफलता प्राप्त  गर्‍यो ।
सन् २००३ मा एडोबले फोटोसपलाई उनीहरूको एडोब क्रिएटिभ सुटमा समावेश गर्‍यो । जसले इलस्ट्रेटर इन डिजाइन  र एक्रोब्याटको साथमा कार्यक्रमलाई थप अगाडि बढाउँदै गयाे। अर्को वर्ष यसले याे प्राेगामकाे नाम फोटोसप सिएस राख्यो । यसले यसका प्रयोगकर्ताहरूलाई उनीहरूको डिजिटल आकृतिहरूमा नियन्त्रण गर्ने काम गर्छ । जस्तै नन्डेस्ट्रक्टिभ सम्पादनले प्रयोगकर्तालाई मूल तस्वीरलाई परिवर्तन नगरेरै वैकल्पिक सम्पादन र परीक्षण गर्न अनुमति दिन्छ। 
यसरी सन् १९७८ बाट विकसित भइ प्रयाेगमा आएकाे फोटोसप अहिले लाखाैँ मानिसकाे प्रयाेगमा आइरहेकाे छ । धेरै मानिसकाे राेजगारीकाे माध्यम पनि बनेकाे छ । अहिले सञ्चारकाे द्रुत विकास भइरहेकाे अवस्थामा यसकाे प्रयाेग पनि दिनानुदिन बढ्दाे छ ।