Written by: Aakanchhya Khadka - 27001, Grade VII
Posted on: 23 September, 2021
(राहुल र सुरेन्द्र धेरै मिल्ने साथी हुन् । राहुल अलि अल्छी छ उसले सजिलो काम मात्र गर्न खोज्छ भने सुरेन्द्र धेरै ज्ञानी छ र भनेको मान्छ । लकडाउनको एक हप्तापछि राहुलले सुरेन्द्रलाई फोन गर्छ र उनीहरू बिच कुराकानी सुरु हुन्छ ।)
राहुल :नमस्कार सुरेन्द्र, धेरैपछि कुरा भयो त, तिमीलाई कस्तो छ ?
सुरेन्द्र : नमस्कार राहुल हो नि धेरै भयो कुरा नभएको । मेरा दिनहरू राम्रै गैरखेका छन् नि तिमीलाई कस्तो छ ?
राहुल : मेरो पनि दिन जसोतसो गरिरहेका छन् । अब हाम्रो अनलाइन कक्षा पनि हुन्छ रे ।
सुरेन्द्र : अब हाम्रो अन्लाइन कक्षा रे अब नयाँ अनुभव पनि हुने भयो ।
राहुल :खोई कस्तो अनुभव हुने हो ? ल अब म खेल न जान्छु है।
( अनलाइन कक्षा पनि सुरु हुन्छ । १-२ महिना बितिसकेको हुन्छ। राहुल कहिलेकाहीँ मात्र कक्षामा आउँछ । कोरोनाको सङ्क्रमण पनि कम हुँदै छ । एकदिन राहुल कक्षामा नहुँदा सुरेन्द्रलाई मिसले राहुललाई गृहकार्य भनिदिन भन्नुहुन्छ । सुरेन्द्रले राहुललाई फोन गर्छ ।)
सुरेन्द्र : राहुल तिमी किन कक्षामा नआएको ?
राहुल : हैन मेरो घरमा बत्ती थिएन ।
सुरेन्द्र :तिमीले मिसलाई फोन गर्नुपर्छ नि। मिसले सधैँ डायरी लेख्ने प्रयास गर्नु भनी गृहकार्य दिनुभएको छ त्यसलाई गर है ।
राहुल: हुन्छ! म गर्नेछु।
( दिन बित्दै जान्छ राहुल कहिलेकाहीँ मात्र कक्षा आउने गर्थ्याे । सुरेन्द्र भने सधैँ कक्षामा आउथ्याे । कोरोनाको सङ्क्रमण पनि घट्दै गयो र भौतिक स्कुल हुने निर्णय भयो । सुरेन्द्रले लेखेको डायरी राम्रो भएर प्रकाशन भयो । परीक्षा पनि भयो सुरेन्द्र प्रथम हुन्छ अनि सात कक्षामा जान्छ र राहुल भने फेल हुन्छ र ६ कक्षामै रहन्छ र उसलाई सधैँभरि पछुताे हुन्छ )