Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Rishi Elavya Adhikari - 32013, Grade II

Posted on: 23 September, 2021

आमाको मुख हेर्ने दिन नेपालीहरूको एउटा ठुलो चाड हो यसलाई मातातीर्थ औँसी पनि भनिन्छ। आमालाई आदर, सम्मान र धन्यवाद दिनका लागि वर्षमा एक दिन यो पर्व मनाउने गरिन्छ । यो वैशाख महिनामा पर्दछ । मातातीर्थ औँसीका दिनमा आफ्नी आमालाई मिठा मिठा खाना र उपहार दिने गर्दछन् । आमा सबैका लागि भगवानको अर्को रूप र प्रेरणाकी स्रोत हुन् । आमालाई मातातीर्थ औँसीको दिन मात्र नभई हामीले सधैँभरि माया र प्रेमको भावनाले सहयोग र सम्मान गर्नुपर्दछ ।