Logo

Student Corner

पशुपतिप्रसाद

Written by: Subham Regmi - 22014, Grade XII

Posted on: 22 September, 2021

पशुपतिप्रसाद सन् २०१६  को विनाशकारी भूकम्पपछि गरिबीमा रहेको एक व्यक्तिले जीवनमा गरेको सङ्घर्षको बारेमा बनाइएको एक राम्रो र मन छुने चलचित्र हो । यसको मूल्याङ्कन १० मा ९.५ गरिएको छ । यस कथाले हाम्रो समाजको मुख्य समस्यालाई पनि व्यक्त गरेको छ । यसका निर्देशक दिपेन्द्र खनाल हुन् । 
 
पशुपतिप्रसादको भूकम्पले सबै परिवारको मृत्यु भएपछि उनी काठमाडौँ आएका हुन्छन् । यो चलचित्र पशुपतिप्रसाद नामक एक व्यक्तिको बारेमा छ, जो काठमाडाैँ सहरमा आफ्ना बुबाको मृत्युपश्चात् ऋण चुक्ता गर्नका लागि सङ्घर्ष गर्नलाई आएका हुन्छन् । पशुपतिप्रसाद भिन्न भिन्न मानिससित भेट्छन् । उनले भेटेका केही मानिसहरूले उनलाई मन पराउँछन् भने कसैले हेला गर्दछन् । यो चलचित्रको कथा पशुपतिप्रसादकै बारेमा सीमित हुन्छ । उनी एकदम दयालु  र राम्रा मान्छे हुन्छन् तर उनको बाटामा धेरै मान्छेहरू बाधा बनेको पाइन्छ । यो चलचित्र भावनात्मक  चलचित्र  हो । चलचित्रमा खगेन्द्र लामिछानेले खेलेको नायकको भूमिकालाई दर्शकहरूले निकै रुचाएका छन् । यो चलचित्रले धेरै राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो । यो चलचित्र धेरैले रुचाएका छन् र सबैको मनमा यसको कथाले छोएको छ । यो १३५ मिनेट लामो चलचित्र राम्रो तरिकाले निर्देशित, अभिनय गरिएको छ र एक व्यक्तिको भावनात्मक कहानीका साथै यसमा हास्य दृश्यहरू पनि  छन्। चलचित्र पशुपतिप्रसाद ओस्कार अवार्डका लागि द ब्ल्याक हेन भन्ने अङ्ग्रेजी चलचित्रसँगै चुनियो ।
 
जीवन र मृत्यु, सपनाहरू र आशाहरू, उपलब्धि र निराशालगायत जीवनका हरेक पक्ष यस चलचित्रमा चित्रण भएका छन् । मलाई व्यक्तिगत रूपमा यो लाग्छ कि यो फिल्म हेर्नुपर्छ र पैसा पशुपतिप्रसादजस्तै फिल्महरू हेर्न खर्च गर्नुपर्छ ।