Logo

Student Corner

अध्यात्मप्रति भौतिक धारणा

Written by: Arpan Acharya - 23010, Grade XI

Posted on: 22 September, 2021

आजभोलि हामीजस्ता युवाहरू माझ "स्पिरिचुआलिटी" एक "क्लिसे" बनेर आएको छ । इमान्दारीपूर्वक भन्नु पर्दा कसैले पनि अध्यात्मलाई त्यसकाे मुख्य उद्देश्यलाई लिएर पछ्याएको छैन । केही अपवाद होलन् तर धेरै मानिस भौतिक सफलताकै निम्ति अध्यात्मलाई खेद्न चाहँदै छन् । 
केही त चहियो नि उत्प्रेरित हुन, कुनै काममा उत्प्रेरित हुन सुरुमा केही फल देख्न आवश्यक छ । त्यसैले हामी सबैले बुझ्नुपर्छ कि अध्यात्मको अभ्यासले भौतिक र व्यावसायिक संसारलाई पनि राम्रो परिणाम दिन्छ । उदाहरणका लागि एक विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क चहियो रे । अब उसले ध्यान र सचेतनाको अभ्यास गर्‍यो भने उसले एकाग्रता हासिल गर्छ । एउटा व्यापारीको निर्णय लिने सिप उजागर हुन्छ । दैनिक भोग्नुपर्ने दु:खहरूबाट टाढा नगए पनि त्यसलाई नियन्त्रणमा लिन सिक्छ र सदा खुसी हुन्छ । मानसिक चिन्ता र रोगहररूबाट मुक्त हुने कुरा त विज्ञानले नै बताइसक्यो । सबैभन्दा महत्त्वपूर्ण आत्मपहिचान गर्न सहज हुन्छ । 
यो लेख पढेपछि कुनै पाठकलाई "अध्यात्म" शब्द प्रयोग गर्दा कुनै धर्ममा केन्द्रित भएर लेखिएको जस्तो लागेमा क्षमा चाहन्छु तर म त्यो कुराप्रति असहमत छु । सिकारु भन्नुस् या हिजोको चल्ला ! जे भने पनि यति चाहिँ निर्धक्क भएर भन्छु कि अध्यात्मलाई कुनै देश, धर्म वा जातिमा सीमित राख्न सकिँदैन । अध्यात्मको न कुनै सुरुवात छ, न त कुनै अन्त्य नै । अध्यात्मको अन्त्य नहोला तर याे लेखको अन्त्य यहीँ हुन्छ ।