Logo

Student Corner

संयुक्त राष्ट्र सङ्घ

Written by: Himani Bhattarai - 24011, Grade X

Posted on: 22 September, 2021

संयुक्त राष्ट्र सङ्घ एक अन्तराष्ट्रिय संस्था हो । यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो । यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन् । विश्वका धेरैजसो देशहरू यसका सदस्यहरू राष्ट्रहरू छन् । सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने उद्देश्यसाथ संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हाे । याे थुप्रै राष्ट्रहरूलाई जोड़ने एक सङ्गठन हो । 

पहिलो विश्वयुद्ध र दाेस्राे विश्वयुद्ध जस्ताे अर्को युद्ध नआओस र सबै राष्ट्रहरूबिच बलियो  र विश्वासिलाे सम्बन्ध हाे‌ओस् भन्ने यसकाे मान्यता रहेकाे छ । विश्वमा विभिन्न देशहरूबिच झैझगडा, युद्ध, कोलाहल, र अशान्ति आदि नभएको अवस्था नै विश्वशान्ति हो । विश्वशान्तिको  चाहना आजकाे प्रमुख आवश्यकता पनि  हाे । खासगरी अन्तर्राष्ट्रिय सङ्घर्षमा हस्तक्षेप गर्न सहज होस भनी दाेस्राे विश्वयुद्धका विजयी राष्ट्रहरू मिलेर यसको स्थापना भएको हो ।  यसका प्रमुख उद्देश्यहरू यसप्रकार छन् :

: अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने।

: जनताको समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानको आधारमा राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने।

: आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तराष्ट्रिय समस्याहरूको समाधान गर्नमा तथा जाति, लिङ्ग, भाषा वा धर्मसम्बन्धी भेदभाव नराखी सबैका लागि मानवअधिकारहरू एवं मौलिक स्वतन्त्रताहरूप्रतिको सम्मानलाई बढावा दिनमा र प्रोत्साहित पार्नमा सहयोग प्राप्त गर्ने।

: यी उद्देश्यहरू प्राप्त गर्न सदस्य राष्ट्रहरूको काम कार्यबाहीमा सामञ्जस्यता ल्याउन संयुक्त राष्ट्रसङ्घलाई केन्द्र बनाउने

दाेस्राे विश्वयुद्धको समाप्तिसँगसँगै नै संयुक्त राष्ट्र सङ्घ  जस्तै एक शान्ति सङ्गगठनको खाँचो थियो । विश्वका थुप्रै देशहरूबिचको सम्बन्ध राम्रो थिएन । सबैतिर अशान्ति नै अशान्ति थियो । त्यति बेला धेरै देशका मानिसहरूले चारैतिर फैलिएको अशान्ति हटाउन आफूले जति सक्दो प्रयास गरिरहेका थिए भने कुनै कुनै राष्ट्रहरू युद्धकै तरखरमा थिए । थुप्रै राष्ट्रहरूले एकअर्कासँगको सम्बन्ध सुधारी सकेका थिए । त्यही सहयोगी दलका नेतृत्वहरूले लन्डनमा संयुक्त बैठक गरे र 'London declaration' भन्ने घोषणा पत्र जारी गरे । यो घोषणा १२ जून, १९४१ मा जारी गरिएको थियो । यस घोषणा पत्रकाे मुख्य उद्देश्य भनेकै युद्धको अन्त्य र विश्वशान्तिकाे कामना थियो । त्यसपछि जनवरी १, १९४२ मा २६ राष्ट्रका प्रतिनिधिहरूले 'Declaration of United nations' मा हस्ताक्षर गरे । बिस्तारै अरू  देशहरू पनि संयुक्त राष्ट्र सङ्घको सदस्यमा आबद्ध हुँदै गए । यसरी संयुक्त राष्ट्र सङ्घकाे   स्थापना भएको थियो । सन् १९४७ मा संयुक्त राष्ट्र महासभाले २४ अक्टोबरलाई संयुक्त राष्ट्र दिवसका रूपमा मनाउने निर्णय गरेकाे थियाे  र हरेक वर्ष २४  अक्टोबरमा याे दिवस मनाउँदै आइएकाे छ ।

यसका ६ स्थायी सदस्य राष्ट्रहरूमा संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, फ्रान्स, रसिया, र चीन हुन् भने अस्थायी सदस्य राष्ट्रहरू १० ओटा रहेका छन् । प्रत्येक वर्ष अस्थायी सदस्य राष्ट्रहरू परिवर्तन भइरहन्छन् । संयुक्त राष्ट्र सङ्घ स्थापना हुँदा ५० राष्ट्र मात्र संलग्न थिए भने हाल यसमा १९३ राष्ट्रहरू संलग्न छन् ।