Logo

Student Corner

मान्छे भएपछि

Written by: Arya Khatri - 22027, Grade XII

Posted on: 21 September, 2021

मान्छे जन्मन्छ अनि फेरि मर्छ
जन्मेपछि मान्छेले केही गर्नु त पर्छ ।

दु:ख र सुख जीवनको पाठ हो,
सुख चाहिँ हाँसो, दु:ख मर्दाको साथ हो ।
सुखमा हाँसो, दु:खमा आँसु
जन्मँदा रुँदै यो संसारमा आ’छु ।

दु:खमा सबै मानिसलाई हुन्छ पीडा
दु:ख हुँदा आफ्नै मान्छे पनि हुन्छन् बिदा ।
रमाइलो हो मोज, मस्ती र सुखमा
दु:खीको कमाइ सडकमा, सुखीको चाहिँ रुखमा ।

दुःख र सुख समयको खेल हो,
यो जीवन आँसु र हाँसोको मेल हो ।
दुःखको बोझ भारी, सुखचाहिँ पारि
एकजुट हुनुपर्छ, नकारात्मक सोच फाली ।