Logo

Student Corner

स्वतन्त्रता

Written by: Kirtan Poudyal - 23024, Grade XI

Posted on: 21 September, 2021

मानिस पनि मानि जस्ता होइन, पुत्लाजस्ता भएका छन्, 
आफ्नो मस्तिस्कले होइन, अर्काको इसारामा चल्न थालेका छन्, 
जो धनी छ, त्यही नै सही छ, 
जससँग केही छैन उसलाई कसले सुन्ने छ ?
 
अहिलेको संसारमा कोही स्वतन्त्र छैन, 
उसले आफ्नो सपना बिर्सन सकेको छैन, 
बिचरा आफ्नो सपनालाई सम्झिँदै रुन्छ, 
आफ्नो स्वतन्त्रतालाई सम्झिँदै रुन्छ ।

जससँग शक्ति छ, उसकै कुरा मान्ने गरेका छौँ, 
उनीहरूकै पुत्ला बन्ने गरेका छौँ,
मानिस मात्र होइन देश पनि स्वतन्त्र छैन, 
विकसित देशको अगाडि आफ्नो शिर उठाउन सकेको छैन । 

धनी देशको डरले सबै आफ्नो सर्वस्व दिन्छन्,  
तर यहीँ बसेका बेरोजगारलाई कसले के दिन्छन् ?
कोही स्वतन्त्र छैन यहाँ 
सबै पुत्लाजस्ता भएका छन् यहाँ ।