Logo

Student Corner

आजको फेसन

Written by: Remon Sangat - 25012, Grade IX

Posted on: 21 September, 2021

आधुनिक भन्छन् आजकालका मानिसलाई
ड्याड भन्छन् अचेल आफ्ना बाबालाई ,,
जुत्ता लाउँछन् चार फिटको पाइन्ट छ फिटको
नेपाली बोल्न आउँदैन कुरा ऱ्याप गीतकाे ।
कपाल पार्छन् ठाडो ठाडो दुम्सी कॉडा जस्तो
लौ हेर्नुस् त हजुर जमाना आयो कस्तो,
अलि भयो कि कतै केटा लाचार
छैन उनीहरूमा मानवताको विचार ।

हिँडडुल खाने लाउने छैन ढङ्ग
जे गर्दा बिगार हुन्छ त्यसमै छन् दङ्ग,
आँखामा चस्मा कस्तो नमिलेको जुत्ता
उत्तरलाई दक्षिण भन्छन् यता भने उता ।

अल्लारे ठिटाठिटीहरूको छैन चाला राम्रो
संसारको वास्ता छैन आफैंलाई हिरो ठान्छन् ,
नखाने चिज खान थाले खाने चिज छोडे
नदेखाउने देखाइसके यिनले अति गरे ।