Logo

Student Corner

चिडियाखाना घुमघाम

Written by: Prasiddhi Dangol - 28009, Grade VI

Posted on: 21 September, 2021

प्रशिद्धि, इशानी, प्रशिद्ध र इशिता  र  चार मिल्ने साथीहरुले चिडियाघरको भ्रमण गर्ने निर्णय गर्छन् । दुई बजे उनीहरू चिडियाखानामा पुग्छन्।   चिडियाखानामा भएको यो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
इशानी - यो त  कति डरलाग्दो छ, यसको शरीरको चारैतिर काँडैकाँडा छन् । के हो यो ? प्रसिद्धि- तिमीलाई अहिलेसम्म थाहा छैन र ।  यो  त गोही हो। 
इशानी -  यो  त पानीमा हुनु पर्ने नि  हैन र ? 
प्रशिद्धी - हो, तर यो बाहिर छ किनभने पानीमा चिसो छ, अहिल्यै चिसो मौसम हो थाहा छैन कि बिर्स्यौ हँ! तैपनि याे त जमिन र पानी दुवै ठाउँमा बस्ने जनावर हाे नि!
एशानी  - ए! अँ‌…, मैले त भुसुक्कै पो बिर्सेकी  ।
इशिता-  अब बाघको  खोरमा जाऊँ  न। (सबै जना सहमत हुन्छन्)
प्रशिद्धी -सिंह र त्यसका बच्चाहरू। कस्तो राम्रो देखिएको है ?!
प्रसिद्ध - आ!  यिनीहरु त डरलाग्दो छन् तर बच्चाहरू  चाहिँ प्यारा छन्। अब मलाई साँपहरू र चराको खण्डमा जान मनलाग्यो किनकि अब  त ढिलो भइरहेको छ।
इशिता - वाह! साँप  त कति ठुलो छ, यसले त  मलाई जिउँदो खान सक्छ।
इशानी - हो  तर तिनीहरूमा अलग्गै ठाउँमा छन् । आक्रमण गर्न सक्दैनन् ।
प्रशिद्धि- हो इशानीले ठिक भनिन्, तिनीहरूलाई  अलग्गै राखिएकाे छ । ।
इशानी - अब चराको खण्डमा जाँऔ न , मैले‌ त सुनेकी यहाँ  धेरै प्रकारका चराहरू छन् र म तिनीहरूलाई  हेर्न चाहन्छु। 
इशिता - हो मलाई पनि चरा धेरै मन पर्छ। 
सबैजना - हुन्छ, हुन्छ, जाऊँ ।
(त्यसपछि सबै चराको खण्डमा जान्छन्)
तर ढिलो भइरहेको थियो त्यसैले उनीहरूले घर जाने बिचार गर्छन्।
इशिता-ए अब ढिलो भइसहेको छ, अब घर जाऔँ । बाई!
प्रासिद्धि-बाई
प्रसिध्द-बाई
एशानी - ल बाई। 
(सबैजना आ-आफ्नाे बाटाे लाग्छन्)