Logo

Student Corner

डाइटिङ्ग

Written by: Jubin Maharjan - 22026, Grade XII

Posted on: 20 September, 2021

डाइटिङ्ग शरीरमा एक निश्चित तौल कायम राख्नका लागि खाना खाने एक निश्चित व्यवहार हो । डाइटिङ्ग भनेको खाना र क्यालोरीको मात्रा घटाउने अभ्यास हो जुन एक व्यक्तिले प्रतिदिन आफ्नो शरीरबाट तौलको एक निश्चित मात्रा गुमाउनका लागि उपभोग गर्दछ । डाइटिङ्ग मुख्यतः ती मानिसहरूद्वारा अभ्यास गरिएको हुन्छ, जाे आफ्नो तौल घटाउन खोजिरहेका हुन्छन् ।

डाइटिङ्गको अभ्यास सधैँ स्वस्थ मानिँदैन । तौल घटाउने कुरा एक व्यक्तिले प्रत्येक दिन कति क्यालोरी लिन्छ भन्ने कुरामा मुख्य रूपमा निर्भर हुन्छ । डाइटिङ्ग डाइटिसियनकाे सल्लाह लिएर मात्र गर्नुपर्छ । खानाको अचानक सेवनले शरीरलाई स्वस्थ बनाउनुकाे सट्टा उल्टाे हानि हुन्छ । डाइटिङ्गले ताैल घटाउनुका साथै अन्य नकारात्मक प्रभाव पनि पार्छ । जब धेरैजसो मानिसहरू तौल घटाउने कोसिस गर्छन्, उनीहरू बोसोको मात्रा घटाउँछन् तर यसो गरेर स्वस्थ भइँदैन किनकि यो बोसोमा घुलनशील भिटामिन जस्तै ए, डी, ई र के हुन्छ । धेरैजसो मानिसहरू आफ्नो तौल घटाउनका लागि उपवास बस्ने गर्छन् तर उपवास ताैल घटाउने सबैभन्दा नराम्रो तरिका हो । एक व्यक्तिले तौल घटाउनका लागि उपवास बस्दा उसकाे शरीरमा धेरै हानि हुन्छ, जस्तैः रक्तमा ग्लुकोजको कमी, कुपोषणको जोखिम आदि । लामो अवधिको उपवासको अभ्यासले शरीरलाई धेरै हानि पुर्‍याउँछ । 

डाइटिङ्ग मोटोपनबाट पीडित वा अधिक वजन भएका मानिसहरूका लागि स्वस्थ र उपयोगी देखिन्छ तर यो सामान्य तौल भएका मानिसहरूका लागि लाभदायक देखिँदैन । डाइटिसियनकाे सल्लाहबिना गरिएकाे डाइटिङ्गले स्वास्थ्यमा अक्सर प्रतिकूल असरहरू पार्छ र याे राेगकाे कारण पनि बन्न सक्छ ।