Logo

Student Corner

पुस्तक समीक्षा: माेदिआइन

Written by: Riddhis Sharma - 26006, Grade VIII

Posted on: 20 September, 2021

विषय प्रवेश:
‘माेदिआइन’ विश्वेश्वरप्रसाद केइरालाद्वारा लिखित सानो उपन्यास हाे । यो पुस्तक साझा प्रकाशनले  प्रकाशित गरेको हो। यस उपन्यासमा  विश्वेश्वरप्रसाद काेइरालाले उनीसँग भएका घटनालाई  लेखेका छन्। विश्वेश्वरप्रसादकाेइरालाले लेखेको  यस कथासङ्ग्रमा  महाभारतको कथा पनि जोडिन्छ।  
कथावस्तु:
धेरै पहिलेको कुरा हो, मिसिरजीले आफ्नो कामको लागि दरभङ्गा जाने तयारी गर्दै थिए देखेर मपात्रले पनि ढिपी गरे:‍- “मिसिरजी, म पनि जान्छु दरभङ्गा।” मपात्रले ढिपी छोडेनन्। मपात्रको ढिपी  कसेर र झोला बोकेर मिसिरजीसँग दरभङ्गा गए। दरभङ्गा जान उनीहरू रेलमा बसे र उनीहरूले रेलबाट एक दरबार देखे, मिसिरजीले त्यो दरबार ९ लाखको हो भने तर त्यही नजिकको मान्छेले त्यो दरबार ९ लाखको हैन करोडौँको हो भने। उनीहरू दरभङ्गा पुगे, रेलबाट झरेर उनीहरू मोदिआइनको घरमा गए। मोदिआइनले खाना तयार गरिन् र उनीहरूले खाना खाए। मपात्र र मिसिरजी सहर हेर्न गए, घर फर्कँदा दुवै जना धेरै थाकिसकेका थिए, मिसिरजी पोखरीतिर जानुभयो र मपात्रलाई मोदिआइनले हडाह पोखरीको कथा भनिन् । “यो पाेखरी महाभारतको बेलाको हो, यो पाेखरीमा एक मछुवारिन माछा बेच्थी। मछुवारिन अलग थिई, हिस्सी परेकी र मोटी र जस्तो कि चलन छ, उसको शरीरभरि चाँदीका गहनाहरू रहन्थे। उसको घर कहाँ थियो, ऊ कहाँ माछा मार्थी, यी सब कुरा कसैलाई थाहा थिएन, तर उसका माछा असल हुन्थे, त्यस्तो हुनाले ऊ आफ्नो ठाउँमा बस्दानबस्दै उसका माछाको बिक्री भैसक्थ्यो। एक दिन, ऊ सधैको जस्तो माछा लिएर तलाउको किनारामा आफ्नो कुनामा आएर बसी । त्यस दिन एउटा ठूलो रोहु माछा थियो उसको डालामा, त्यसै बखतमा दरभङ्गा राज्यको एउटा नामी तान्त्रिक तलाउमा नुहाएर दुर्गा कवच पाठ गर्दै आइरहेको थियो।  उसले रातो धोती, रातो भोटो र रातो काने टोपी लगाएको थियो। मछुवारिनको डालोको त्यो राम्रो रोहुलाई देखेर त्यसलाई किन्यो । मछुवारिन त्यत्रो ठूलो माछा एउटा ग्राहकले किनेकोले खुसी भई र हाँसेर पण्डितलाई भनी- “पण्डितज्यू, तपाईंको घरभरिलाई यसले मनग्गे पुग्ला।" तान्त्रिकले त्यो सुन्दर नारीलाई मक्ख परेर हेरिरह्यो कि त्यसै बखतमा एउटा चिलले झम्टेर तान्त्रिकका हातको माछो चटक्क टिपेर उड्यो, तर माछा यति भारी थियो कि चीलले टाढा लैजान सकेन, पचास डेगजति पर लगेर झारिदियो। मछुवारिन एक चोटि फेरि हाँसी। तान्त्रिकले बडो गौरसँग मछुवारिनलाई हेर्‍यो । उसलाई लाग्यो कि हाँसोपछिको चेहरा कुनै प्राचीन नारीको छ, जसमा मुख्य भाग वेदनाको मात्र छ । हाँसो मात्र ताजा र अहिलेको। उसले बुझेको जस्तो गरी सोध्यो- "मछवारिन, तिमी किन हाँस्यौ ? को हौ तिमी ?" मछुवारिनले भनी- “म को हुँ तिमीलाई के चासो ? हाँसेको किनभने कलियुगमा मानिस मात्र खिइएनन् कि पशुपंक्षी पनि खिइसके । हेर न, त्यो रोहुलाई चीलले उडाएर लैजान सकेन। पहिले पहिले मानिसहरू पराक्रमी र हात्तीजस्ता शक्तिशाली  हुन्थे र पशुपंक्षी पनि त्यस्तै बलिया महाभारतको पालामा कुरुक्षेत्रबाट एउटा योद्धाको शरीरलाई टिपेर उडेको चीलले यही …..। तान्त्रिकले अरू केही सोध्नुभन्दा पहिले नै मछुवारिन अलप भई। मोदिआइनले “थाक्यौ होला नानी” खाएर सुत्न जाउ भन्दै मपात्र र मिसिरजीलाई खाना खुवाई, सुत्न लगाउनुभयो। मपात्र सुत्न गए तर मसिरजी कामका लागि बाहिर जानुभयो र मपात्र सुत्न खोज्दा पनि सुत्न सकेनन्। 

परिवेश  -
उपन्यासमा म मात्रकाे घर, बिहारकाे दरभङ्गा भन्ने ठाउँ,  त्याे ठाउँमा जानका लागि प्रयाेग गरिएकाे रेल यात्रा, यात्राका क्रममा देखिएका दृश्यहरू, माेदिआइनकाे घर, उनकाे घरनजिकै रहेकाे हडाहा पाेखरी, मिसिरिजीसँग घुम्न जाँदा बाटाेबाट देखिएका लाल दरबार, असवावखाना, अस्तबल, हात्तीसारलगायतका ठाउँहरू स्थलगत परिवेशका रूपमा आएका छन् । त्यसैगरी उपन्यासमा माेदीआइनले म पात्रलाई कथा सुनाइरहँदा महाभारतकाे उपन्यासमा आएका ठाउँहरू हस्तिनापुर, इन्द्रप्रस्थ, कुरूक्षेत्र, हस्तिपुर दरबारकाे पर्खालबाहिरकाे सानाे झाेपडी कुरूक्षेत्रभन्दा माथि अलिक माथि रहेकाे थुम्काे लगायतका ठाउँ कथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आएका छन् । लगभग ५/६ हजार वर्ष पुरानाे रहेकाे छ ।

निष्कर्ष -
विश्वेश्वरप्रसाद काेइरालाद्वारा लिखित 'माेदीआइन' उपन्यास एक लघु आकारकाे उपन्यास हाे । उपन्यास सानै आकारकाे भए पनि याे निकै दार्शनिक छ । उपन्यासमा महाभारतकाे कुनै एक कालखण्डलाई लिएर कथाकाे सिर्जना गरिएकाे छ । उपन्यासमा विशेषत: कुरूक्षेत्रमा भएकाे युद्धलाई विषयवस्तुकाे रूपमा लिइएकाे छ । उपन्यासमा उपन्यासकारले महाभारतकाे कथा वर्णनमा आफ्नाेपन दिएका छन् । भाषागत दृष्टिकाेणले याे उपन्यास कक्षा ८ का विद्यार्थीका लागि अलिक जटिन नै भएकाे मान्न सकिन्छ  तर पनि महाभारतकाे पाैराणिक कथाले हरेकलाई आकर्षित गर्न सक्छ ।