Logo

Student Corner

गठेमङ्गल

Written by: Agraj Rijal - 29004, Grade V

Posted on: 20 September, 2021

गठेमङ्गल एउटा चाड हो । गठेमङ्गल श्रावण महिनामा  पर्छ । यो चाड नेवार समुदायको धेरै चाडहरू मध्ये एउटा चाड हो । यस दिनमा  शिव पुत्र भगवान् कुमार कार्तिकेयको पूजा गरिइन्छ । गठेमङ्गल लाई घन्टाकर्ण चतुर्दशी भनेर पनि भनिन्छ । घन्टाकर्ण भनर ठुलो कान भएको र डरलाग्दो भन्ने बुझिन्छ । गठेमङ्गलमा बाटामा राक्षसहरु वा प्रेतआत्माहरुका लागि पात, बोहोतामा भात र अरू खानेकुरा राखिन्छ । यस दिन यस्ता खाने कुरा राख्नाले भुतप्रेत पिशाच लगायत हावा, पानी , आगो बाट बच्न सकिन्छ भनेर विश्वास गरिन्छ । गठेमङ्गल को दिन  घन्टाकर्ण नाम गरेको राक्षसको सन्तानको रूपका एक जना व्यक्तिलाई पैसा माग्न लगाइन्छ ।