Logo

Student Corner

आतङ्क कोरोनाको

Written by: Binaya Rijal - 22020, Grade XII

Posted on: 17 September, 2021

घुम्नलाई रहर, डुल्नलाई रहर, के गर्नु रहरले ?
निस्केर हिँड्न मिल्दैन हजुर कोरोना कहरले । 
स्कुल अनलाइन, क्याम्पस अनलाइन सबतिर बन्दले,
दुखित पार्‍याे, चिन्तित पार्‍याे कोरोना सङ्क्रमणले । 

निषेधाज्ञा लगाउँछन्, गर्छन् धेरै छ कडाइ,
बालबच्चा बिग्रिसके, बन्द लेखाइ, पढाइ । 
काम गरूँ, सम्भव छैन कोरोना आएको छ,
गरिब मजदुरको घरमा अनिकाल छाएको छ । 

आजलाई भन्दै भोलिलाई भन्दै बन्दको बन्दै छ,
कोरोना भाइरस गएन कहिल्यै, फन्दाको फन्दै छ । 
सचेत बनौँ, इमानदार बनौँ दुःखपिर सहेर ,
मास्क सधैँ लगाई हिँडौँ भाइरसलाई सम्झिएर ।।