Logo

Student Corner

दिगो विकास

Written by: Bipana Shrestha - 24002, Grade IX

Posted on: 17 September, 2021

विनाशविनाको विकास नै दिगो विकास हो । दिगो विकास पर्यावरण संरक्षणमा केन्द्रित छ । यसले स्रोत र साधनहरूको दिगो व्यवस्थापनमा मद्दत गर्दछ । वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पूर्ति गर्दै जानु दिगो विकास हो । दिगो विकासले त्यस्तो विकासलाई जनाउँदछ जुन वातावरण र विकासबिच सन्तुलन कायम गर्दछ, निरन्तर लाभ प्रदान गर्दछ र पृथ्वीको असर क्षमताको ख्याल राख्छ । वातावरण संरक्षणका लागि दिगो विकास महत्त्वपूर्ण मानिन्छ । दिगो विकासको ध्येय पृथ्वीका स्रोत साधन विनाश नगरी आर्थिक र सामाजिक विकास गर्नु हो ।यसको अर्काे लक्ष्य भनेकाे गरिबी घटाउने प्रक्रियालाई द्रुत तुल्याउनु पनि हो । यसले नागरिक र उसका क्रमिक पीढीलाई आजीविकाका आधारभूत माध्यम मात्र नभई  उनीहरूको जीवनको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र पारिस्थितिक पक्षमा अवसर पनि प्रदान गर्छ । दिगो विकासले उच्च र फराकिलो आर्थिक वृद्धि हासिल गर्न मद्दत गर्दछ । यसले भावी पुस्ताको लागि उज्ज्वल भविष्य सुनिश्चित गर्नसमेत मद्दत गर्दछ । दिगो विकासका  उद्देश्य:

गरिबी निवारणमा सहयोग पुर्‍याउन
वातावरणको प्रभावकारी संरक्षण गर्न
संसाधन र साधन सावधानीपूर्वक प्रयोग गर्न
सामाजिक न्याय कायम गर्न
मानव विकास र प्रगति हासिल गर्न

 दिगो विकास सम्पूर्ण जीवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ । विकास निर्माणमा वातावरण प्रतिकूल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ । यसमा स्रोत र साधनको उचित प्रयोग हुने भएकाले वातावरण संरक्षण र संवर्धनमा सहयोग पुग्छ । यसले प्राकृतिक स्रोत र पशुपन्छी सम्बन्धमा हाम्रो दृष्टिकोणमा परिवर्तन आउने हुनाले यसले मानिसको दृष्टिकोणमासमेत परिवर्तन ल्याई  दायित्वबोध गराउँछ ।