Logo

Student Corner

युराेकप २०२०

Written by: Suprabh Acharya - 27014, Grade VII

Posted on: 17 September, 2021

राम र राकेश  धेरै समयपछि फाेनमा कुराकानी गर्दै छन् । उनीहरूका बिचमा  आज युराेकप २०२० मा भएकाे खेलकुदकाे बारेमा छलफल हुँदै छ ।  

राम -  हेल्लाे, राकेश के छ ?
राकेश -  मलाई सन्चै छ। तिमीलाई कस्तो छ नि ?
राम - म पनि ठिकै छु। 
राकेश - अनि तिमीले हिजोको स्पेन र क्रोएसियाको खेल हेर्‍याै त?  
राम - मैले त त्यो खेल हेर्नै पाइन। तिमीले हेर्‍याै  ?
राकेश - मैले त हेरेँ नि। कस्तो राम्रो खेल भएको थियो । 
राम - मलाई भन न के के भयो भनेर। 
राकेश - ए! भइहाल्छनि। खेल  त धेरै राम्रो भएको थियो । स्पेनले पाँच गोल र क्रोएसियाले तीन गोल हानेको थियो। खेल एकदमै रोमाञ्चक भएको थियो  । तिमीलाई थाहा छ, त्यो खेलमा स्पेनबाट एउटा आत्मघाती गोल पनि भयो नि। 
राम - ए! होर, कसले हान्यो नि आत्मघाती गोल ?
राकेश - पेड्रीले हान्यो ।  
राम - हो र! अनि तिमीले अरू कुन कुन खेल हेर्‍याैँ त नि ?
राकेश -  मैले त अहिलेसम्म कुनै पनि खेल छोडेको छैन नि।  
राम - अनि तिम्रो अनुसार कसले युरो कप जित्ला त ?
राकेश - खै जर्मनी, फ्रान्स, पोर्चुगलजस्ता हस्तीले त हारे, यसपालिको युरो कप कसले जित्छ केही  भन्न सकिने अवस्था छैन । 
राम - ए! यस्ता यस्ता बलिया टिमहरूले त हारेछन्। 
राकेश - यसपालि नयाँ देशले जित्ने मौका पाउला जस्तो छ। 
राम - ए! यसपालिको युरो कप चाहिं हेर्नु पर्ने रहेछ। 
राकेश - अबका बाँकि खेल चाहिं हेर्न थालन। 
राम -  हुन्छ नि बरू अनि कहिलेदेखि सुरु हुन्छ त ?
राकेश - भोलि अठार गते रातिबाट सुरु हुन्छ। 
राम - ए! अब चाहिँ म पनि हेर्न थाल्छु । 
राकेश - ल! अब भोलिदेखि हेर है त।  
राम - हेर्न त हुन्थियो तर राति ढिलोसम्म हेरेपछि बिहान उठ्नै गाह्रो हुन्छ। 
राकेश - त्यो त हो। हेर्दै गएपछि बानी पर्दो रहेछ। 
राम - ल ल अब फेरि कुरा गरौँला है।  
राकेश - हुन्छ हुन्छ। अब फाेन पनि राख्छु है । 

( कुराकानी सकिन्छ र दुवैले फाेन राख्छन्  )