Logo

Student Corner

नाग पञ्चमी

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 17 September, 2021

याे वर्ष नाग पञ्चमी २९ गते परेकाे छ । नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीमा पर्छ । नाग पञ्चमीका दिन हामीले नाग देवताकाे पूजा गर्छाैँ । हामीले त्यस दिन घरकाे मूल ढाेकामा नागकाे फाेटाेलाई टाँसेर पूजा गरिन्छ । अनि नागकाे फाेटाेमा दुध, दही, अक्षता,फूल, दुबाे, पैसा राखी गाईकाे गाेबरकाे मदतले ढाेकामाथि नागकाे चित्र टाँसिन्छ । नाग पञ्चमीका दिन काठमाडाैँकाे टाैदह ,नागपाेखरी र अन्य विभिन्न तीर्थस्थलमा  मेला लाग्छ । 

यस दिन गुरुहरू आएर पनि नागकाे फाेटाे ढाेकामा टाँसिदिने गर्नुहुन्छ । नागकाे पूजा गर्नाले र घरमा फाेटाे टाँसेमा घरमा रक्षा हुने साथै चट्याङ,आगाे र सर्पकाे डर हुँदैन भन्ने विश्वास गरिन्छ । नागकाे चित्रसँगै सूर्य, चन्द्र, शङ्ख,चक्र, गदा,पद्म, माछा, बिच्छी , खजुराे आदिकाे चित्र पनि राखिएकाे हुन्छ।