Logo

Student Corner

ओलम्पिक

Written by: Aarnov Adhikari - 23003, Grade XI

Posted on: 16 September, 2021

ओलम्पिक एक अन्तर्राष्ट्रिय खेल प्रतियोगिता हो, जहाँ विश्वभरबाट धेरै खेलाडीहरू सयौँ प्रतियोगितामा भाग लिन्छन् । ओलम्पिक खेलहरू २०० भन्दा बढी राष्ट्रहरूले भाग लिने  विश्वको सबैभन्दा ठुलो खेल प्रतियोगिता मानिन्छ । ओलम्पिक ओलम्पिया, ग्रीसमा आयोजित प्राचीन ओलम्पिक खेलहरूबाट प्रेरित छ । ओलम्पिक हरेक ४ बर्षमा एक पटक आयोजना गरिन्छ ।

पछिल्लो ओलम्पिक सन् २०२० मा हुने भनिएको थियो, जुन व्रतमान कोरोना महामारीको कारण २०२१ मा पछि सारिएकाे गरिएको थियो । ओलम्पिक अहिले जापानकाे टोकियोमा भइरहेको छ । ओलम्पिकमा फुटबल, पौडी, तीरंदाजीलगायतका सयाैँ खेलमा प्रतिस्पर्धा भएका छन् । खेलको नतिजापछि प्रत्येक देशले जितेको पदकको सङ्ख्या अनुसार एक विजेता देश निर्धारित गरिने छ । अहिलेसम्म चीन ३२ स्वर्ण पदकसँगै २०२१ ओलम्पिकमा अग्रणी छ । ओलम्पिक एक मैत्रीपूर्ण टुर्नामेन्ट हो, जसमा धेरै प्रतिद्वन्द्वीहरू  एक आपसमा प्रतिस्पर्धा गरिरहेकाे दृश्यले यसका दर्शकहरूलाई आनन्द दिन्छ । 

ओलम्पिक यसका लाखौँ दर्शकहरूका लागि एक महान् आनन्ददायी प्रतियाेगिता हो तर याे प्रतियाेगिता आयाेजनाकाे लागत अत्यन्तै उच्च हुन्छ । टोकियोले हाल ओलम्पिक आयाेजनाकाे आफ्नो बजेट २ अर्ब डलर हुने अनुमान गरेको छ । लागत धेरै भएका कारण धेरै देशहरूले ओलम्पिक आयाेजना गर्ने कुरा साेच्न पनि नसक्ने अवस्था देखिन्छ ।

नेपालले यस वर्षको ओलम्पिकमा भाग लिएको छ । नेपालले महिला १०० मिटर दौड र महिला १०० मिटर फ्रिस्टाइल पाैडीमा भाग लियाे, जहाँ गौरिका सिंहले धेरै थोरै अन्तरले तेस्रो स्थान हासिल गरिन् ।

समग्रमा ओलम्पिक एक रमाइलो र सबैका लागि एक मनोरञ्जक प्रतियाेगिता हो, जसले सबै खेलाडीहरूभित्रको याेद्धालाई जगाउँछ र धेरै युवा खेलाडीहरूका लागि याे प्रतियाेगितामा भाग लिनु एक सपना हो ।